सिटिजन्स बैंक इन्टरनेसनलद्वारा डोटीमा नगद वितरण

Technology Khabar २८ भाद्र २०७५, बिहीबार

सिटिजन्स बैंक इन्टरनेसनलद्वारा डोटीमा नगद वितरण

काठमाडौं ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विश्व खाद्य कार्यक्रम र गूड नाइबर इन्टरनलको सहकार्यमा नगद वितरण कार्यक्रमको आयोजना गरेको छ । विशेष गरी स्थानीय बाटो निर्माण गरेवापत “कामका लागि नगद” वितरण योजना अन्तर्गत सो नगद भुक्तानी गरिएको हो ।

डोटी जिल्लाको पोखरी, सानागाँउ, लादागाडा, गाँजरी, गहिरागाँउ, खिरसेन र काडामाण्डु गाविसमा नगद वितरण कार्यक्रमको आयोजना गरी बैंकले ३६३३ परिवारलाई कूल नगद रु ५१,७७६,८३५.०० वितरण गरेको हो । बैंकले देखाएको यस अग्रसरताले स्थानीय विकास निर्माणको काममा सहयोग पुग्नुका साथै विपन्न परिवारको आर्थिक अवस्थामा सुधार आउने विश्वास व्यक्त गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

easy care

प्रकाशित: २८ भाद्र २०७५, बिहीबार