गुराँस लाइफ इन्स्योरेन्स र मेगा बैंक बीच बैंकासुरेन्स सम्झौता

Technology Khabar १६ श्रावण २०७५, बुधबार

गुराँस लाइफ इन्स्योरेन्स र मेगा बैंक बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं ।

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र मेगा बैंकका बीच बैंकासुरेन्स सम्झौता भएको छ ।

बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरुमार्फत गुराँस लाइफ इन्स्योरेन्सको वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले दुई संस्थाका बीच बैंकासुरेन्स सम्झौता भएको हो ।

सम्झौतामा इन्स्योरेन्सको तर्फबाट सहायक महाप्रबन्धक सरोज बि.सी. र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरे ।

मेगा बैंकका ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट यस कम्पनीको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्ने जनाएको छ ।

easy care

प्रकाशित: १६ श्रावण २०७५, बुधबार