७औँ घरजग्गा मेला असार १ गतेबाट हुँदै

Technology Khabar ३० जेष्ठ २०७५, बुधबार

७औँ घरजग्गा मेला असार १ गतेबाट हुँदै

काठमाडौं ।

काठमाडौं । नेपाल जग्गा तथा आवाश विकास संघले एनआईसी एसिया बैंकको सहकार्यमा ७औँ घरजग्गा मेला आयोजना गर्ने भएको छ ।

आउँदो असार १ गतेबाट ५ दिनसम्म चल्ने सो मेलामा करिब १ सय २० बढी स्टलहरु राखिने मेलाका संयोजक बिपिन चित्रकारले जानकारी दिए।

मेलामा घरजग्गा सम्बन्धि जानकारी, विषगत पूर्वाधार, विद्युतीय सरसामानहरु, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्टस्, सवारी साधन, बीमा र विभिन्न बैंकहरुको स्टल पनि राखिने आयोजकले जनाएको छ ।

६० हजार बढी मानिसहरुले अवलोकन गर्ने आयोजकले दावी गरेको मेला भृकुटीमण्डपमा हुनेछ । त्यस्तै, संघले असार ४ र ५ गते दोस्रो हाउजिङ समिट गर्ने घोषणा पनि गरेको छ ।

मेलामा सहभागी हुन आउने उपभोक्ताहरुका लागि घरजग्गाको मूल्य, प्राविधिक र वित्तीय परामर्श समेत दिने व्यवस्था मिलाइएको संघले जानकारी दियो ।

easy care

प्रकाशित: ३० जेष्ठ २०७५, बुधबार

ताजा समाचार