माछापुच्छ्रे बैंकको एकै पटक १० वटा नयाँ शाखा सञ्चालन

Technology Khabar २ जेष्ठ २०७५, बुधबार

माछापुच्छ्रे बैंकको एकै पटक १० वटा नयाँ शाखा सञ्चालन

काठमाडौं ।

काठमाडौं । माछापुच्छ्रे बैंकले एकै पटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ ।

खोटाङ्गको हलेसी शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईले संयुक्त रुपमा गरे भने धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन बैंकका पुुर्व अध्यक्ष डा. बिरेन्द्र प्रसाद महतो, बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवले संयुक्त रुपमा गरे । त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे ।

बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । यसका साथै, हलेसी र गणेशमान चारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म ६८ अर्व रुपैयाँ निक्षेप परिचालन गरी ६२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा ८१ करोड रुपैयाँ खुद मुनाफा गरेको छ ।

नयाँ शाखाहरु समेत बैकले आफ्ना ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखा रहित बैकिङ्ग सेवासमेत गरी जम्मा ९५ स्थानवाट सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बैंकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

easy care

प्रकाशित: २ जेष्ठ २०७५, बुधबार