फेसबुकले आफ्नै क्रिप्टोकरेन्सी ल्याउँदै, बनायो छुट्टै ब्लकचेन डिभिजन

Technology Khabar ३० बैशाख २०७५, आईतवार

फेसबुकले आफ्नै क्रिप्टोकरेन्सी ल्याउँदै, बनायो छुट्टै ब्लकचेन डिभिजन

काठमाडौं ।

काठमाडौं । सामाजिक संजाल साइट फेसबुकले क्रिप्टोकरेन्सी ल्याउने तयारी गरेको छ ।कम्पनीले यसअघि ब्लक चेन समूह बनाएको समाचार आएको थियो । अब भने कम्पनीले आफ्नै क्रिप्टोकरेन्सी ल्याउन लागेको हो ।

हालै आएको एउटा रिपोर्टअनुसार कम्पनीले छुट्टै ब्लकचेन डिभिजन बनाएको छ र अन्य कम्पनीहरुका जस्तै फेसबुकले ब्लक चेन टेक्नोलोजीको संभावना खोजी गरिरहेको छ ।

यो विषयमा जानकारी राख्नेहरुका अनुसार फेसबुकसँग हाल तत्काल क्वाइन जस्तो केहि अफर गर्ने प्लान छैन् । नयाँ टीममले प्लेटफर्म र इन्फ्राको अन्तरगत काम गर्नेछ ।

फेसबुकको विश्वभर २ अर्बभन्दा बढि प्रयोगकर्ताहरु छन र क्रिप्टोकरेन्सी लन्च गरेपछि उनीहरुलाई बिटक्वाइन जस्तो भर्चुअल करेन्सीको प्रयोगका लागि भुक्तानी गर्ने सुविधा हुनेछ ।

के हो ब्लकचेन ?

ब्लकचेन टेक्नोलोजी सामान्यतया एक किसिमको ट्रान्जेक्सन लिस्टको रेकर्ड हो । जसले क्रिप्टोकरेन्सीद्धारा लिंक तथा सुरक्षित गरिन्छ ।हरेक ब्लकमा एउटा ह्याट प्वाइन्टर हुनेछ जसले दोस्रो ब्लकसँग जोड्दछ । यो टेक्नोलोजीले दुई मानिसहरुबीच भएको कारोबारको रेकर्ड गर्दछ । यसमा रेकर्डको जानकारीहरु कपी गर्न सकिँदैन् । यो डेटाबेस क्लाउडमा हुन्छ, जसले यसलाई कसैले नचलाओस् र स्टोरेजको कमी हुने समस्यालाई रोक्दछ । बिटक्वाइनले पनि यस्तै ब्लकचेनमार्फत कारोबार गर्दछ ।

माध्यम

easy care

प्रकाशित: ३० बैशाख २०७५, आईतवार

ताजा समाचार