आइएमई कस्टमर कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट पाईने

Technology Khabar २० बैशाख २०७५, बिहीबार

आइएमई कस्टमर कार्ड प्रयोग गर्दा २० प्रतिशतसम्म छुट पाईने

काठमाडौं ।

काठमाडौं । आइएमई लिमिटेडले आइएमई कस्टमर/प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो नयाँ व्यवस्था वैशाख १९ गतेबाट लागु हुने र बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज/कस्टमर कार्ड देखाउनुपर्ने छ ।

कम्पनीले १ सय ६० आइएमई सेन्टरसहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा प्रदान गरिरहेको जनाएको छ ।

easy care

प्रकाशित: २० बैशाख २०७५, बिहीबार