‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेताहरुलाई पुरस्कार हस्तान्तरण

Technology Khabar ६ बैशाख २०७५, बिहीबार

‘हुन्डाई फेस्टिभ डिलाइट’ को विजेताहरुलाई पुरस्कार हस्तान्तरण

काठमाडौं ।

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट’ अफरको विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेको छ ।

थापाथली स्थित हुन्डाई सोरुममा आयोजित कार्यक्रममा बिजेताहरुलाई लक्ष्मी ग्रुपका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, कनज्युमर आई नेपालकी अध्यक्ष बिमला खनाल, मिस नेपाल २०१८ श्रृंखला खतिवडा तथा हुन्डाई मिस फ्रेण्डसिप सायरा लामाले पुरस्कार हस्तान्तरण गरे ।

हुन्डाई फेसटिभ डिलाइटअफर अन्तर्गत, कुपन नम्बर ९८० का शुसन प्रसाद अधिकारीले हुन्डाई इलाईट आई ट्वान्टी प्राप्त गरे भने अफरअन्तर्गत कुपन नम्बर ८५३ का कन्काई आयल सपलायर्स ले हुन्डाई एक्सेनट प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।

सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बीमा साथै स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट, लक्कि ड्र मार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०/१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्कि ड्रबाट २ जनालाई हुन्डाई ईलाइट आई २० र हुन्डाई एक्सेनट जित्ने अवसर पाएका थिए ।

सो योजना २०७४ भदौ ०८ गतेदेखि कात्तिक १० गतेसम्म लागु गरिएको थियो ।

easy care

प्रकाशित: ६ बैशाख २०७५, बिहीबार

ताजा समाचार