सुर्योदय यातायातद्धारा अशोक लेलैण्डका बसहरु पुर्वाञ्चलमा सञ्चालन

Technology Khabar २ बैशाख २०७५, आईतवार

सुर्योदय यातायातद्धारा अशोक लेलैण्डका बसहरु पुर्वाञ्चलमा सञ्चालन

काठमाडौं ।

काठमाडौं । नयाँ वर्षको आग्मनसँगै सूर्योदय यातायात एण्ड अटो प्रालीले अशोक लेलैण्डका १५ थान लिन्क्स स्मार्ट इलाइट प्लस मोडेलका बसहरु सञ्चालनमा ल्याएको छ ।

सो बसहरुमा डिजिटल डिस्प्ले, टिभी, वाईफाई , जिपिएस् , सिसी क्यामेरालगायत उपकरणहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने उदघोष गर्दै यस किसिमका लाईफ टाईम इन्जिन जडित गाडिहरुमा फिल्टर र मोविल खर्च बाहेक अन्य खर्च नआउने अध्यक्ष देवेन्द्र कुमार न्यौपानेले विश्वास व्यक्त गरे ।

कार्यव्रmमकै सन्दर्भमा संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी विस्तार गर्दै यात्रुहरुलार्इ गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित रहने बताए।

‘समयको आवश्यक्ता अनुसार न्यून खर्चमा कसरी बस सञ्चालनमा ल्याउन सकिन्छ भन्ने उदाहरण, नेपाली बजारमा अशोक लेल्याण्डका बसहरुले पुष्टि गरिरहेको छ,’ आई एम ई मोटर्स प्रा. ली. का सेल्स हेड सुधिर सुबेदीले भने ।

easy care

प्रकाशित: २ बैशाख २०७५, आईतवार

ताजा समाचार