क्यान इन्फोटेकको तयारी पुरा, नेपाली सफ्टवेयरको प्रबर्द्धन गरिने

Technology Khabar ७ माघ २०७४, आईतवार

क्यान इन्फोटेकको तयारी पुरा, नेपाली सफ्टवेयरको प्रबर्द्धन गरिने

काठमाडौं ।

काठमाडौं, ७ माघ । काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको क्यान इन्फोटेकको तयारी पुरा भएको आयोजक क्यान महासंघले जनाएको छ । क्यान महासंघले आइतवार पत्रकार सम्मेलन गरि क्यान इन्फोटेक २०१८ मा विभिन्न नयाँ र आविश्वकारिक सामाग्री तथा सेवाहरु प्रदर्शन गरिने जानकारी दिएको छ ।

क्यानले नेपाली सफ्टवेयरहरुको प्रबद्र्धन गराउने उदेश्यका साथ छुट्टै सफ्टवेयर प्याभिलिएन निर्माण गरिएको जानकारी समेत दिएको छ । क्यान महासंघका महासचिव रन्जीत कुमार पोदारले नेपाली सफ्टवेयर कम्पनीद्धारा उत्पादन गरिएका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधि प्रदर्शन गर्नका लागि छुट्टै प्याभिलियन निर्माण गरिएको बताए ।

त्यसैगरि राम लक्ष्मण इन्नोभेशनले समेत आविश्वकार गरेका नयाँ प्रविधिहरु प्रदर्शन गर्नेछन भने सिसिटिभी नेपाल मार्फत लाइभ स्ट्रीमिङ्ग गराउने जानकारी दिईयो ।

माघ ११ गतेदेखि शुरु हुने सो मेलामा कुल २२२ वटा स्टलहरु रहेका छन् । जसमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि १ सय रुपैयाँ तथा विद्यार्थीहरुका लागि ५० रुपैयाँ तोकिएको क्यान महासंघले जनाएको छ ।

यस्तो छ क्यान महासंघको प्रेस विज्ञप्ती

easy care

प्रकाशित: ७ माघ २०७४, आईतवार

ताजा समाचार