इसेवाले बिटक्वाइनको लागि पेमेन्ट गेटवे सुविधा दिएको आरोपमा राष्ट्र बैंकको अनुसन्धान

Technology Khabar ३० आश्विन २०७४, सोमबार

इसेवाले बिटक्वाइनको लागि पेमेन्ट गेटवे सुविधा दिएको आरोपमा राष्ट्र बैंकको अनुसन्धान

काठमाडौं ।

काठमाडौं, ३० असोज । नेपाल राष्ट्र बैंकले केहि समयअघि अवैध घोषणा गरेको बिटक्वाइनको लागि पेमेन्ट गेट्वेको रुपमा काम गरेको भन्दै ई पेमेन्ट गेट्वे कम्पनी इसेवालाई कारवाहि गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले अवैध घोषणा गरेको बिटक्वाइन कारोबार गराएको आरोपमा पेमेन्ट गर्ने कम्पनी इसेवामाथी अनुसन्धान सुरु भएको हो ।
राष्ट्र बैंकले विदेशी विनिमय ऐन अनुसार नेपालमा बिटक्वाइनको कारोबारलाई अवैध घोषणा गरेको थियो ।

बिटक्वाइन कारोबारको भुक्तानीको लागि इसेवाको प्रयोग भएको राष्ट्र बैंकले प्रारम्भिक अनुसन्धानबाट खुलेको समाचारमा भनिएको छ ।

राष्ट्र बैंकको स्रोतलाई उल्लेख गर्दै क्लिकमाण्डू डटकमले लेखेको छ, ‘इसेवाले आफ्नो पेमेन्ट गेटवे मार्फत बिटक्वाइन खरिद र बिक्री गर्ने सुविधा दिएको देखिएको छ, हामी अनुसन्धान गर्दैछौ।’

मोबाइल तथा इन्टरनेटमा आधारित पेमेन्ट सिस्टममा नेपालमा इसेवा लोकप्रिय र अग्रणी कम्पनीको रुपमा रहेको छ ।

राष्ट्र बैंकले अनुसन्धान पछि के कस्तो कारवाही गर्ने भन्ने विषय पछि टुंगो लगाउने जनाएको छ ।

के हो बिटक्वाइन ?

बिटक्वाइन भनेको एउटा डिजिटल वा भर्चुअल मुद्रा (Virtual Currency) हो । जसको निर्माण र सञ्चालन विद्युतीय रूपले हुन्छ । यो दुनियाँमा प्रयोग भएका कम्प्युटरले गरेको गणितीय समस्याको समाधानबाट उत्पादित मुद्रा हो ।

यो ओपनसोर्स सफ्टवेयरमा आधारित हुन्छ । यसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ । बिटक्वाइन आफैंले बनाउन वा भर्चुअल बजारबाट किन्न सकिन्छ । यसको उत्पादन हुने प्रक्रियालाई ‘माइनिङ’ भनिन्छ । यो एउटा यस्तो मुद्रा हो जुन कुनै देशबाट सञ्चालित होइन । र, यसमाथि कुनै देश तथा व्यक्तिको कुनै पनि किसिमको नियन्त्रण हुँदैन ।

‘सेतोसी नाकामोटो’ नामक सफ्टवेयर डेभलपरद्वारा यसको प्रस्तावना गरिएको हो । जुन एउटा गणितीय प्रमाणका आधारको पेमेन्ट गर्ने प्रणाली हो । यो प्रस्तुत गर्नुको मूल कारण एउटा यस्तो मुद्रा सञ्चालनमा ल्याउनु थियो, जसमाथि कसैको नियन्त्रण नहोस् । र, कमसेकम शुल्क तिरेर कारोबार गर्न पाइयोस् भन्ने हो ।

यो मुद्राको कुनै पनि किसिमको बैंक वित्तीय संस्था तथा देशबाट भौतिक रूपमा छपाइ तथा वितरण हुँदैन । यो हामी मानिसको समुदयाबीच डिजिटल प्रक्रियाबाट उत्पादित मुद्रा हो । जुन समुदायमा जो कोही पनि आबद्घ हुन सक्छन् । बिटक्वाइन माइनिङ भनेको एउटा गणितीय समस्याको समाधान गर्ने प्रक्रियालाई बुझाउँछ ।

यो सिमित मात्रामा मात्र बनाउन सकिन्छ । दुनियाँभरमा गरी २,१०,००,००० बिटक्वाइन मात्र बनाउन वा उत्पादन गर्न सकिन्छ । जसमध्ये हालसम्म १,४०,००,००० भइसकेको बताइन्छ । र, अरू माइनिङ हुने प्रक्रिया जारी छ । एक बिटक्वाइनलाई १० करोड हिस्सामा भाग गर्दा आउने एक भागलाई ‘सेतोसी’ भनिन्छ । त्यसले बिटक्वाइनको आविष्कारकको नामलाई जनाउँछ । बिटक्वाइन सुन तथा चाँदीमा आधारित नभएर यो एउटा गणितीय प्रक्रियामा आधारित हो ।

दुनियाँभरमा मानिस सफ्टवेयरका मद्दतले गणितीय सूत्रको प्रयोग गरी यसको उत्पादन गर्ने गर्छन् ।

स्रोत

easy care

प्रकाशित: ३० आश्विन २०७४, सोमबार

ताजा समाचार

Digital and Intelligent Asia-Pacific Congress 2024 held in Bangkok

१९ बैशाख २०८१, बुधबार

Shenzhou-17 astronauts arrive in Beijing

१९ बैशाख २०८१, बुधबार

News Commentary: Time to reinforce efforts for digital transformation

१९ बैशाख २०८१, बुधबार