नेपाली बजारमा चर्चित स्मार्टफोन ‘वान प्लस ५’, मूल्य साढे ५९ हजार

Technology Khabar ४ श्रावण २०७४, बुधबार

नेपाली बजारमा चर्चित स्मार्टफोन ‘वान प्लस ५’, मूल्य साढे ५९ हजार

काठमाडौं ।

काठमाडौं, ४ साउन । नेपाली बजारमा वान प्लस ५ (OnePlus 5) स्मार्टफोन सार्वजनिक हुने भएको छ । आइहब प्रालीले बजारमा निकै चर्चित स्मार्टफोन वान प्लस ५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले यहि साता बजारमा सबै ग्राहकहरुका लागि वान प्लस ५ सार्वजनिक भएको अौपचारिक घोषणा गर्न लागेको हो ।

यसअघि कम्पनीले इकमर्श साइट केमू डटकममा प्रि-बुकिङका लागि खुला गरेको थियो ।

विश्व बजारमा भर्खरै मात्र आएको वान प्लस नेपालमा भने करिब १ महिनापछि आउन लागेको हो ।

ड्यूल रियर क्यामरा सेटअप रहेको यो स्मार्टफोनमा क्वालकम स्न्यापड्रागन ८५३ चीपसेट प्रयोग गरिएको छ भने यो स्मार्टफोन ६ जीबी र ८ जीबी र्याम अप्सनमा उपलब्ध हुने भएपनि नेपाली बजारमा भने ६ जीबी र्याममा मात्र आउने छ ।

यसअघि ६ जीबी र ८ जीबी दूबै र्याम अप्सन नेपालमा आउने बताईएको भएपनि नेपाली बजारमा अहिले ६ जीबी र्याम भएको वान प्लस ५ मात्र आउन लागेको हो । यसको स्टोरेज अप्सन भने ६४ जीबीमा मात्र उपलब्ध छ ।

यो फोनमा २० मेगापिक्सेल र १६ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

३,३०० एमएएच ब्याट्री राखिएको फोनमा कम्पनीले ड्यास चार्ज राखेको छ जसले वान प्लस स्मार्टफोन पुरै १ दिन संचालन गर्नको लागि आधा घण्टामा चार्ज गर्न सकिन्छ ।

यसअघि ६ जीबी र ८ जीबी दूबै र्याम अप्सनमा आउने बताईएको भएपनि नेपाली बजारमा अहिले ६ जीबी र्याम भएको वान प्लस ५ मात्र आउन लागेको हो ।

कम्पनीले नेपाली बजारमा वान प्लस ५ स्मार्टफोनको मूल्य ५९ हजार ४९९ रुपैयाँ तोकेको छ ।

यो पनि हेर्नुहोस्

६ जीबी र्याम भएको वान प्लस ५ स्मार्टफोन ५९ हजारमा किन्न सकिने

easy care

प्रकाशित: ४ श्रावण २०७४, बुधबार

ताजा समाचार