नेपाल टेलिकमबाट सरकारी वेबसाइट निशुल्क चलाउन पाइने

Technology Khabar १२ बैशाख २०७४, मंगलवार

नेपाल टेलिकमबाट सरकारी वेबसाइट निशुल्क चलाउन पाइने

काठमाडौं ।

काठमाडौं, ११ वैशाख । नेपाल टेलिकमले सरकारी वेबसाइटहरु निशुल्क हेर्न पाइने व्यवस्था मिलाएको छ । कम्पनीले यहि वैशाख १ गतेदेखि नेपाल सरकारबाट संचालित डट जिओभी डन एनपी डोमेन भएका करिब ५ सय ५० वटा वेबसाइटहरु निशुल्क हेर्न पाईने व्यवस्था गरेको हो ।

नेपाल टेलिकमको जीएसएम मोबाइल नेटवर्कबाट सरकारी वेबसाइटहरु सबै निशुल्क हेर्न पाउने जानकारी दिएको छ । कम्पनीले आज आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यी वेबसाइटहरु टेलिकमको जीएसएम मोबाइल डाटा प्रयोग गरि स्वतन्त्ररुपमा ब्राउज पनि गर्न सकिनेछ ।

कम्पनीकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जनताहरुमाझ सजिलो ढंगले सुचना पुर्याउने उदेश्यले सरकारी वेबसाइट निशुल्क गरेको जानकारी दिईन् ।

यसैगरि टेलिकमले आफ्ना कार्यालयहरुमा कार्यालय समयमा सामाजिक संजाल प्रयोगमा प्रतिबन्ध लगाएको छ । कम्पनीले कर्मचारीहरुले सामाजिक संजालमा अधिक समय बिताउने गरेको र कार्य क्षमता कमजोर भएको भन्दै टेलिकमका सबै कार्यालयहरुमा सामाजिक संजाल प्रतिबन्ध गरेको जानकारी दियो । ‘हामीले ग्राहकहरुबाट कर्मचारीहरुको बारेमा धेरै गुनासो पाएका छौं कम्पनीकि प्रवक्ता प्रतिभा वैद्यले भनिन्, ‘सामाजिक संजाल बन्द गरेपछि कर्मचारीहरुको क्षमता अभिवृद्धि हुने र कार्यालयको काममा ध्यान दिनेछन् ।’

उता कम्पनीक प्रबन्ध निर्देशक राजभण्डारीले भने, सामाजिक संजाल बन्द गरेपछि त्यसबाट प्राप्त हुने ब्याण्डविथ ग्राहकहरुले उपयोग गर्न पाउने बताईन् । ‘अहिले ग्राहकहरुले कम ब्याण्डविथ पाईरहेका छन भनेपनि हामीले बन्द गरेपछि थप ब्याण्डविथ उनीहरुलाई उपलब्ध हुनेछ,’ उनले भनिन् ।

कम्पनीले सामाजिक संजाल फेसबुक र यूट्युब, ट्विटरमा प्रतिबन्ध लगाएको हो ।

यसैगरि टेलिकमले वैशाख १० गतेदेखि फाइबर टू दि होम र एडिएसएल सेवाको बिलिंग कन्भर्जेन्ट रियल टाइम बिलिंग सिस्टमबाट गर्न लागेको जानकारी दिएको छ । त्यसैगरि पीएसटिएन लाई सिआरटिबी सिस्टममा माइग्रेन्ट गर्नको लागि आवश्यक तयारी भईरहेको कम्पनीले जनाएको छ ।

टेलिकमले अप्टिकल फाइबर नेटवर्कमा हालसम्म ५५ जिल्ला समेटिएकोमा सो संजाल बिस्तार गरि पहाडी जिल्लाहरुलाई समेट्ने गरि कम्पनीद्धारा नयाँ एडिएसएस फाइबर आयोजनाको कार्य अगाडि बढाएको जानकारी दिएको छ । थप नेटवर्कहरु भोजपुर, संखुवासभा, खोटांग, रामेछाप, दोलखा, मुस्तांग, दैलेख, डडेलधुरा, डोटी, बैतडी, अछामलगायतका जिल्लाहरु बिस्तारपछि अप्टिकल फाइबर ६६ जिल्लामा आबद्ध हुनेछ ।

कम्पनीले आफ्नो सेवा बिस्तार गर्दै वैशाखको पहिलो सातादेखि नै मुगुको रारा ताल क्षेत्रमा थ्रीजि सेवा संचालन गरेको छ ।

सम्पादित

easy care

प्रकाशित: १२ बैशाख २०७४, मंगलवार