एनसेलको रोमिङ् योजना, ५३ देशबाट रोमिंग गर्न सकिने

Technology Khabar १ बैशाख २०७४, शुक्रबार

एनसेलको रोमिङ् योजना, ५३ देशबाट रोमिंग गर्न सकिने

काठमाडौं ।

काठमाडौं, १ वैशाख । एनसेलले नयाँ वर्ष २०७४ को अवसरमा रोमिङ्म भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि  रोमिङ योजनाहरु ल्याएको छ ।

यो योजनाअन्तर्गत एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकका लागि दैनिक डेटा रोमिङ् प्याक, दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक ल्याएको छ, जस अन्तर्गत एनसेलका ग्राहकले आफु रोमिङ्मा रहेको समयमा पनि सुलभ दरमा सम्पर्कमा रहन सक्नेछन् । यो अफर यहिबिहीबार (चैत्र ३१) देखि लागु भएको कम्पनीले जनाएको छ ।

दैनिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले यो सेवा निःशुल्क सुचारु गरि कर सहितमात्र ५ सय रुपैयाँमा अनलिमिटेड डेटाको मजालिन सक्नेछन् । यो सेवा एक पटक सुचारु गरे पछि ग्राहकले निष्कृय नगरेसम्म सुचारु रहिरहने छ । नेपालको समय अनुसार हरेक मध्य रातमा यो सेवा स्वतःनविकरण हुनेछ, शुल्क ५ सय रुपैयाँ भने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्र लाग्नेछ । अर्थात् प्याक नविकरण भए पनि डेटा प्रयोग नगरेमा प्याक बापतको शुल्क नलाग्ने बताइएको छ ।

दैनिक रोमिङ् डेटा प्याक भारत, चिन, हङकङ, अमेरिका, बेलायत लगायतका ५३ देशमा लागु हुनेछ ।

त्यसैगरी आफु यात्रामा भएको समयमा भ्वाइस र एसएमएस सेवा चाहने ग्राहकले कर सहित ५ सय रुपैयाँमा दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक लिन सक्नेछन् । यो प्याकअन्तर्गत ग्राहकले रोमिङ्मा रहेको समयमा नेपालमा कल गर्न र सम्बन्धित रोमिङ् देश भित्र कल गर्नका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमनकलका साथै २५ वटा एसएमएस पठाउन सक्ने कम्पनीले जनाएको छ ।

आफ्नो सञ्चार सेवाको आवश्यकता बमोजिम, ग्राहकले भ्वाइस र एसएमएस प्याकजति पटक पनि लिन सक्छन् । यो प्याक भारत, चीन, हङकङ, अमेरिका, जमर्नी , युएईलगायतका विभिन्न ३५ गन्तव्यहरुमा लागु हुनेछ ।

कसरी एक्टिभ गर्ने

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि प्राप्त जानकारी अनुसार दैनिक रोमिङ् डेटा प्याक र दैनिक रोमिङ् भ्वाइस र एसएमएस प्याक सुचारु गर्न सक्नेछन् ।

यसका साथ–साथै एनसेलको प्रिपेड रोमिङ् सेवा उपलब्ध रहेका गन्तव्यहरुमा आफ्ना प्रिपेड ग्राहकका लागि रोमिङ् सेवा स्वत उपलब्ध हुने बनाएको छ । यस अन्तर्गत जब प्रिपेड ग्राहकहरु आफ्नो मोबाइल लिएर विदेश भ्रमणमा जान्छन् उनीहरुलाई सम्बन्धित देशमा पुग्ने बितिकै रोमिङ् सेवा स्वत उपलब्ध भएको जानकारी गराइने छ ।

भारत र चीनको लागि भने प्रिपेडमा स्वत रोमिङ उपलब्ध हुने छैन, ग्राहकले आफु यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशन अनुसार रोमिङ सेवा सुचारु गर्नुपर्ने कम्पनीले बताएको छ ।

दैनिक भ्वाइस र एसएमएस प्याक प्रयोग गर्ने समयसीमा वा प्याकमा उपलब्ध भोल्युम सकिएपछि नियमित रोमिङ् शुल्क लागु हुने विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १ बैशाख २०७४, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार