शंकास्पद नम्वरबाट मिसकल आए कल नगर्न मोबाइल सेवा प्रदायकको आग्रह

Technology Khabar २५ चैत्र २०७३, शुक्रबार

शंकास्पद नम्वरबाट मिसकल आए कल नगर्न मोबाइल सेवा प्रदायकको आग्रह

काठमाडौं ।

काठमाडौं, २५ चैत । नेपालीहरुको विभिन्न मोबाइल नम्बरमा केहि दिनदेखि शंकास्पद नम्वरबाट मिसकल आएको भन्दै नेपाल टेलिकमले त्यस्ता फोन नउठाउन आग्रह गरेको छ । एनसेलले पनि आफ्ना ग्राहकहरुलार्इ त्यस्ता फोन नउठाउन आग्रह गरेको छ।

विगत केहि दिनदेखि अफ्रिकी मुलुकका केहि देशहरुबाट मिस्डकल आउने गरेको र त्यस्ता नम्बरमा पुन फोन गर्दा रकम कट्ने गरेको गुनासो सेवाग्राहीले गरिरहेको बेला दुबै मोबाइल सेवा प्रदायक कम्पनीहरुले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेका हुन् ।

टेलिकमले आज आफ्नो फेसबुक पेजमा सूचना दिँदै विदेशी नम्बरबाट आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको हो । त्यसैगरी एनसेलले पनि केहि दिनअघि आफ्नो फेसबुक पेजमा सूचना दिँदै विदेशी नम्बरबाट आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ ।

टेलिकमका जिएसएम प्रिपेड तथा पोष्टपेड नम्वरमा ट्युनिसियाको कोडबाट मिसकल आएको पाइएको छ । टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद विदेशी नम्बरका कलहरुलाई विदेशी क्यारियरमार्फत ब्लक गरिसकेको जानकारी दिएको छ । तर एनसेलले शंकास्पद विदेशी नम्बरका कलहरुलाई ब्लक गराएको वा नगराएको बारेमा जानकारी नदिएपनि कल ब्याक गर्दा उच्च शुल्क लाग्ने‍मा सचेत गराएको छ ।

टेलिकमले भने त्यस्ता कलहरु आए नउठाउन तथा मिस्डकल नम्बरमा कलव्याक नगर्न पनि सेवाग्राहीलाई आग्रह गरेको छ।

सम्पादित

easy care

प्रकाशित: २५ चैत्र २०७३, शुक्रबार

ताजा समाचार