एनसेलबाट १ रुपैयाँ ९९ पैसामै ३० मुलुकमा कुरा गर्न सकिने

Technology Khabar १६ चैत्र २०७३, बुधबार

एनसेलबाट १ रुपैयाँ ९९ पैसामै ३० मुलुकमा कुरा गर्न सकिने

काठमाडौं ।

काठमाडौं, १६ चैत। दूरसञ्चार सेवा प्रदायक एनसेलले ग्राहक लक्षित योजना सञ्चालनमा ल्याएको छ । जसअनुसार एनसेलका ग्राहकले अब लोकल दरमै विश्वका विभिन्न ३० मुलुकमा कुरा गर्न सक्ने भएका छन् ।

एनसेलले सोमबारदेखि लागु हुने गरी ल्याएको यो योजना १५ दिनसम्म लागु हुने छ । योजना अबधिभर ग्राहकले करबाहेक १.९९ रुपैयाँ प्रतिमिनेट ३० मुलुकमा कुरा गर्न सक्नेछन् । यो योजना एनसेलका प्रिपेड तथा पोस्टपेड दुवै ग्राहकले लिन सक्नेछन् ।

भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, जर्मनी, हङकङ, सिंगापुर, स्विडेन, न्युजिल्यान्डलगायत देशहरुका लागि यो योजना लागु हुने एनसेलले जनाएको छ ।

यसअघि यी देशहरुमा शुल्क प्रतिमिनेट १.९९ रुपैयाँदेखि ४८.९९ रुपैयाँसम्म थियो ।

यो योजना सुचारु गर्नका लागि एनसेलका ग्राहकले ‘एस्ट्रिक्स् १७१०७ ह्यास’ वा ‘ए’ टाइप गरी १७१०७ मा एसएमएस पठाएर र १७१०७ डायल गरी प्राप्त गर्न सक्नेछन् ।

easy care

प्रकाशित: १६ चैत्र २०७३, बुधबार