किङ्स कलेजले नेपालमा ‘युनुस सामाजिक उद्यमशिलता केन्द्र’ स्थापना गर्ने

Technology Khabar ९ मंसिर २०७३, बिहीबार

किङ्स कलेजले नेपालमा ‘युनुस सामाजिक उद्यमशिलता केन्द्र’ स्थापना गर्ने

काठमाडौं ।

काठमाडौं, ९ मंसिर ।  किङ्स कलेजले ढाकास्थित युनुस सेन्टरसँग साझेदारी सम्बन्ध विकासको घोषणा गरेको छ । हालै यि दुई संस्थाहरुले ढाकास्थित ग्रामिण बैंकको कार्यालयमा एक सहमतीपत्रमा हस्ताक्षर गरेका छन् जसअनुसार किङ्स कलेजले नेपालमा पहिलो पटक ‘युनुस सामाजिक उद्यमशिलता केन्द्र’को स्थापना गर्नेछ ।

किङ्सका तर्फबाट कलेजका कार्यकारी निर्देशक नरोत्तम अर्याल र युनुस सेन्टरका तर्फबाट संस्थाका अध्यक्ष नोबल पुरस्कार बिजेता प्रोफेसर डाक्टर मोहमद युनुसद्धारा संयुक्तरुपमा हस्ताक्षरित सहमतिपत्रले यि दुई संस्थाहरुबिच साझेदारी तथा सहकार्यका लागि युनुस सामाजिक उधमशिलता केन्द्रको स्थापनाको अवधारणाको विकास गर्ने तथा सहकार्यका विभिन्न उपायहरुको पहिचान गर्ने उदेश्य राखेको छ ।

किङ्सअन्तर्गत स्थापना हुने यस केन्द्रले मुख्यगरी आपसी सहमति तथा सहकार्यको आधारमा नेपालको गरिबी निवारणमा डाक्टर युनुसद्धारा प्रतिपादित सामाजिक उद्यमशिलताको अवधारणाको कार्यान्वयनका लागि विभिन्न क्रियाकलाप संचालन गर्नेछ ।

सहमतीपत्रको कार्यान्वयनका लागि किङ्स कलेजले आपसी हितको प्रबद्र्धन गर्दै शिक्षा, अनुसन्धान, सूचनाको आदनप्रदान र कार्य योजनाको विकास लगायतको साझा विषयहरुमा काम गरी ब्यवसायिक तथा सामाजिक परिबर्तनलाई गति दिनका लागि एक अर्काका मूल्य मान्यता तथा संस्कृतिको बुझाइलाई प्रोत्साहन गर्ने जनाएको छ ।

युनुस सामाजिक उद्यमशिलता केन्द्रले डाक्टर युनुसको सामाजिक उद्यमशिलताको अवधारणलाई नेपालमा संचारण गर्न तथा कार्यान्वयन गर्नका लागि दुई देशबिच विद्यार्थी तथा शिक्षकहरुको आदानप्रदान एवं भ्रमण तथा शैक्षिक भ्रमणद्धारा उनीहरुलाई गरिब राष्ट्रहरुमा आर्थिक विकासका लागि अवलम्बन गरिएको प्रविधी तथा कार्यक्रमहरुबारे प्रत्यक्ष अवलोकन तथा जानकारीको हासिल गर्ने अवसर दिने लगायतका अन्य क्रियाकलापहरु संचालन गर्ने उदेश्य राखेको छ ।

सहमतीपत्रका अनुसार युनुस केन्द्र र किङ्ग कलेजबिचको सहकार्यमा सेतुको भूमिका निर्वाह गर्ने युनुस सामाजिक उधमशिलता केन्द्रले सामाजिक उधमशिलता कार्यक्रमहरु, पठन सामाग्रीहरु, अनुसन्धानहरु, प्रकाशन, सामाजिक उद्यमशिलता निर्माण तथा मूल्यांकन प्रयोगशाला, सम्मेलन, शैक्षिक कार्यशाला, इन्टर्नशिप तथा छात्रावृत्ति कार्यक्रम लगायत पनि संचालन गर्नेछ ।

easy care

प्रकाशित: ९ मंसिर २०७३, बिहीबार