डोकोमोद्धारा तिब्रगतिको सवारी साधनमा ‘फाइभ जीकाे’ सफल परिक्षण

Technology Khabar १ मंसिर २०७३, बुधबार

डोकोमोद्धारा तिब्रगतिको सवारी साधनमा ‘फाइभ जीकाे’ सफल परिक्षण

काठमाडौं ।

काठमाडौं, १ मंसिर । जापानी अपरेटर कम्पनी एनटिटि डोकोमोले फाइभ जीको (5G) सामसंग टेक्नोलोजीसँग संयुक्त परिक्षण सफलतापूर्वक सम्पन्न गरेको घोषणा गरेको छ ।

कम्पनीले मोबाइल डिभाइसद्धारा २.५ गीगाबाइट प्रति सेकेण्डको डाटाको गति प्राप्त गरेको घोषणा गरेको हो । उक्त मोबाइल डिभाइस तथा परिाक्षण चलायमान गाडिमा गरिएको थियो, जसको गति १५० किलोमिटर प्रति घण्टा रहेको थियो । नयाँ परिक्षणले तिब्र गतिको सवारी तथा ट्रेनहरुमा पनि ५ जी कनेक्सन नियमितरुपमा सुचारु हुनसक्ने देखाएको छ ।

डोकोमोले गरेको यो परिक्षण यहि नोभेम्बर ७ तारिखमा फुजी स्पीडवेमा गरिएको थियो, जुन जापानको शिजुओका प्रिफेक्चरमा रहेको मोटरस्पोर्टस रेसिंग सर्किटमा रहेको छ । परिक्षणमा २८ गीगाहर्ज उच्च गतिको फ्रिक्वेन्सी ब्याण्ड प्रयोग गरेर डाटा ट्रान्समिसन गरिएको थियो । यो ब्याण्ड जापान सरकारले जापानमा व्यवसायीकरुपमा ५जी प्रयोग गर्न दिनका लागि तोकिएको ब्याण्ड हो ।

यो परिक्षण एमआईएमओ (MIMO) प्रविधि प्रयोग गरेर गरिएको थियो जसमा बिमफर्मिग (beamforming) मिश्रित हुन्छ, जसले रेडियो वेभलाई विशेष दिशामा केन्द्रित गर्दछ, र बिम ट्रयाकिंग, जसले तिब्र गतिको मोबाइल डिभाइसको स्थानसँग बिमलाई मिलाउँछ ।

यसअघि पनि एउटा छुट्टै परिक्षणमा आउटडाेर डाटा ट्रान्समिसन परिक्षण डोकोमोले ह्वावेसँगको सहकार्यमा अक्टोबर ३ तारिखदेखि अक्टोबर २६ सम्ममा गरेको थियो । जापानको योकोहामाको एक स्थानमा उक्त परिक्षण करिब १ लाख स्क्वायर मिटरको वरिपरी गरिएको थियो । यो परिक्षणमा २३ वटा एकै समयमा जोडिएका मोबाइल डिभाइसहरुमा ११.२९ गीगाबाईट प्रति सेकेण्डको डाटा करिब शुन्य दशमलब ५ सेकेण्डभन्दा पनि कम समयमा आदान प्रदान गरिएको थियो । जसको लागि ४.५ गीगाहर्जको फ्रिक्वेन्सी ब्याण्ड प्रयोग गरिएको डोकोमोले भनेको छ ।

माध्यम

easy care

प्रकाशित: १ मंसिर २०७३, बुधबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार