क्यास्परस्की एन्टिभाइरसको नयाँ संस्करण, सफ्टवेयर अपडेट र क्लिनरका लागी ‘प्याच’

Technology Khabar १० आश्विन २०७३, सोमबार

क्यास्परस्की एन्टिभाइरसको नयाँ संस्करण, सफ्टवेयर अपडेट र क्लिनरका लागी ‘प्याच’

काठमाडौं ।

काठमाडौं, १० असोज । एन्टिभाइरस उत्पादक कम्पनी क्यास्परस्कीले नेपाली बजारमा नयाँ संस्करणको एन्टिभाइरस ल्याएको छ । कम्पनीले सोमबार एक कार्यक्रमका बिच सन् २०१७ को क्यास्परस्की एन्टिभाइरस (Kaspersky Antivirus) सार्वजनिक गरेको छ ।

नेपालका लागि क्यास्परस्की ल्याबको लागि आधिकारिक बितरक सागर टेक्नोलिंकले कम्प्यूटर, ल्यापटप, विभिन्न अपरेटिंग सिस्टम भएका स्मार्टफोनहरु लगायतका डिभाइसहरूमा प्रयोग गर्न सकिने एन्टिभाइरस ल्याएको हो ।

नयाँ संस्करणमा प्रयोगकर्ताको डिभाइसमा भएको सफ्टवेयर अपडेट र सफ्टवेयर क्लिनरमा भएको जोखिमपूर्ण सुरक्षा खतरालाई प्याच गरेर जोखिममुक्त गर्न सकिने लगायतका सुविधाहरु रहेको कम्पनीले जानकारी दिएको छ ।kaspersky-lab_02

क्यास्परस्कीले फाइल, फोटो, इमेल, च्याटिंग, सपिंग, बैंकिंगलगायतका डिजिटल कारोबारलाई सुरक्षित गर्नेगरी नयाँ उत्पादन ल्याएको बताईएको छ ।

नयाँ एन्टिभाइरस सार्वजनिक कार्यक्रममा कम्पनीका दक्षिण एशियाका म्यानेजिंग डाइरेक्टर अल्ताफ हल्दीले पछिल्ला दिनहरुमा साबइबर अपराध बढिरहेको सन्दर्भमा नयाँ उत्पादनहरुले सुरक्षा प्रदान गर्ने जानकारी दिए।

कम्पनीले क्यास्परस्की एन्टिभाइरसको नयाँ संस्करण सार्वजनिक गरेको उपलक्ष्यमा तीन डिभाइसमा प्रयोग गर्न सकिने एन्टिभाइरसको बजार मूल्य रु. २,००० (सपोर्टसहित) मा घटाएर रु. १,७५० वा रु.८०० (सपोर्ट बाहेक) कायम गरेको तथा एउटा डिभाइसमा प्रयोग गर्न सकिने रु. १,००० बजार मूल्यको एन्टिभाइरसको मूल्य रु. ५०० सपोर्ट बाहेक कायम गरेको जानकारी दिएको छ । यसैगरी इन्टरनेट सेक्यूरिटी तथा टोटल सेक्यूरिटीका उत्पादनहरुमा पनि ५० प्रतिशत छुट दिएको जनाएको छ ।kaspersky-lab_03

क्याास्परस्कीले नेपालमा साइबर सुरक्षाको बारेमा जनचेतना जगाउन आगामी दिनमा छिटै विद्यालयतहबाट नै सचेतना कार्यक्रम गर्ने भएको छ । कम्पनीले केहि विद्यालयमा यो विषयमा सहकार्य गर्ने र पहिलो चरणमा ३ वटा विद्यालयमा जनचेतना फैलाउने कम्पनीका दक्षिण एशियाका म्यानेजिंग डाइरेक्टर अल्ताफ हल्दीले जानकारी दिए ।

कम्पनीले क्यास्परस्की ल्याबका विभिन्न उत्पादनहरु अनलाइनमा पनि खरिद गर्न सकिने जानकारी दिएको छ ।

easy care

प्रकाशित: १० आश्विन २०७३, सोमबार

ताजा समाचार