क्यान कमटेक २०१६ मा सुबिसुको सेवाहरुमा ‘स्पेशल अफर’

Technology Khabar २३ भाद्र २०७३, बिहीबार

क्यान कमटेक २०१६ मा सुबिसुको सेवाहरुमा ‘स्पेशल अफर’

काठमाडौं ।

काठमाडौं, २३ भदौ । केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी तथा क्यान कमटेक २०१६ को शिर्ष प्रायोजक सुबिसु केवलनेट(प्रा.) लि ले, यस प्रदर्शनीलाई लक्षित गरी आफ्ना ग्राहकहरु समक्ष “Special Offer” प्रस्तुत गरेको छ जस अन्तर्गत ग्राहकहरुले क्लियर टिभी एचडी सेट टप बक्स र वायरलेस केबल मोडेम निःशुल्क रुपमा प्राप्त गर्न सक्नेछन् ।

यस योजना अन्तर्गत कम्पनीले नयाँ रिटेल ग्राहकका लागि इन्टरनेट र क्लियर टिभी सेवामा आकर्षक चार प्याकेजहरु प्रस्तुत गरेको छ ।

यो प्याकेजमा क्लियर टिभी अफर रु २,९९९/-, केबल इन्टरनेट अफर रु ५,९९९/-, केबल इन्टरनेट तथा क्लियर टिभी कम्बो अफर रु ५,९९९/- तथा केबल इन्टरनेट र क्लियर टिभी कम्बो अफर रु ७,९९९/- रहेका छन् ।

यस अफर क्यान कमटेक २०१६ मेला अवधिभरी मात्र लागु हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २३ भाद्र २०७३, बिहीबार

ताजा समाचार