ललितपुरमा मोबाइल एक्स्पो-२०७३ हुने, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट

Technology Khabar १५ भाद्र २०७३, बुधबार

ललितपुरमा मोबाइल एक्स्पो-२०७३ हुने, मोबाइल खरिदमा ७० प्रतिशतसम्म छुट
मोबाइल एक्स्पो २०७३ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकहरु ।

काठमाडौं ।

काठमाडौं, १५ भदौ। ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्स तथा मलले यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको कम्प्लेक्सले ललितपुर मोबाइल कम्प्लेक्स तथा ललितपुर मलले यसअघि पनि भव्यरुपमा मोबाइल एक्स्पो सम्पन्न गरेको अनुभव रहेको छ ।

Mobile Expo Pree Meet
मोबाइल एक्स्पो २०७३ को जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकहरु ।

पत्रकार सम्मेलनमा बोल्दै ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिए । उनले भने, ‘हामीले मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखेका छौं ।’

कार्यक्रममा ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले आगामी दिनमा अत्याधुनिक सुविधासहितको सिनेमा हल, नेपालमा नै पहिलो पटक लिफ्टबाट पार्किंग गर्ने पार्किंग स्पेस बनाउने योजनाहरु रहेको जानकारी दिए ।

एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्नेछन र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार दिईने बताईएको छ ।

एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखिएको छ । यसले ग्राहकहरुले बजारमा आएका नयाँ फोनहरुको बारेमा जानकारी लिन सक्नेछन् । कम्प्लेक्समा आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर संचालनमा छ जहाँ छिटो र ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने गरि मोबाइल मर्मत गरिने कम्पनीले जनाएको छ ।

ललितपुर मोबाइल कम्प्लेक्सको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । असोज ३ गतेसम्म आयोजना हुने यो मोबाइल कम्प्लेक्समा न्यूनतम रु ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।

मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने आयोजकको अनुमान छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने जानकारी दिईयो ।

easy care

प्रकाशित: १५ भाद्र २०७३, बुधबार

ताजा समाचार