वानप्लस थ्री स्मार्टफोन नेपाल आउँदै, ६ जीबी र्याम, स्न्यापड्रयागन ८२० चीपसेट

Technology Khabar १७ असार २०७३, शुक्रबार

वानप्लस थ्री स्मार्टफोन नेपाल आउँदै, ६ जीबी र्याम, स्न्यापड्रयागन ८२० चीपसेट

काठमाडौं ।

काठमाडौं, १७ असार । स्मार्टफोन ब्राण्ड वानप्लसको नयाँ मोडल वानप्लस थ्री (OnePlus 3) नेपाली बजारमा आउने भएको छ । चीनियाँ ब्राण्ड वानप्लसको पछिल्लो स्मार्टफोन मोडल हालै विश्व बजारमा सार्वजनिक गरिएको थियो, उक्त मोडल नेपाल भित्रन लागेको हो ।

वानप्लसको नयाँ फ्ल्यागशिप स्मार्टफोन वानप्लस थ्री यहि जुलाईको दोस्रो सातादेखि नेपालमा औपचारिकरुपमा भित्रन लागेको हो । नेपालमा वानप्लसका स्मार्टफोनहरु बिक्री गर्दै आएको आईहव प्रालीका निर्देशक लोकेश ओलीले जुलाईको ७ तारिखको हाराहारीमा बिक्री शुरु हुने जानकारी दिए । उनले भने, ‘टाईप अप्रभुलका लागि पेश भएको छ र अनुमति प्राप्त हुने बित्तिकै नेपाली बजारमा बिक्री शुरु गर्ने छौं ।’ नेपालमा आयात गरेर बिक्री गरिने सबै किसिमका मोबाईल फोनहरुमा टाईप अप्रभुल अनिवार्यरुपमा लिनुपर्ने प्रावधान रहेको छ । हाल वानप्लस थ्रीको टेस्ट मोडल मात्र नेपालमा भित्रीएको उनले स्पष्ट पारे ।

आईहब प्रालीले वानप्लस ब्राण्डको नेपालमा पनि माग निकै उत्साहप्रद रहेको जानकारी दिएको छ । कम्पनीले यसअघि नै नेपाली बजारमा वानप्लस एक्स (OnePlus X) बिक्रीबाट वानप्लस ब्राण्डको घोषणा गरेको थियो । कम्पनीले वानप्लस ब्राण्डका फोनहरु अनलाईन स्टोरबाट मात्र बिक्री गर्दै आएको छ । ‘ब्राण्डका कारण हामीलाई वानप्लस बिक्री गर्न समस्या छैन्,’ निर्देशक ओलीले भने, ‘हामीले अपेक्षाअनुसार नै वानप्लस एक्स मोडलको बिक्री भएको छ ।’One Plus 3_1

स्थानिय बजारमा आउन लागेको वानप्लस थ्रीको मूल्य अहिले निर्धारण नभईसकेको निर्देशक ओलीले जानकारी दिए । अहिलेसम्म मूल्य तय भईसकेको छैन् । डलरको परिवत्र्य दरका कारण मूल्य निर्धारण गर्न कठिन भएको हो । उनले भने, ‘तर करिब ५० हजार रुपैंया हाराहारीमा मूल्य पर्नसक्ने अनुमान गरिएकोछ ।’

उक्त मूल्य भारतीय बजारमा भन्दा केहि महंगो हो । हालै भारतीय बजारमा सार्वजनिक भएको वानप्लस थ्री स्मार्टफोन अम्याजन डटकममा भारु २७,९९९ अर्थात नेपाली रुपैंया ४४,७९९ हाराहारीमा बिक्रीका लागी राखिएको छ । नेपाली बजारमा बिक्री हुने मोबाईल फोनहरु भारतीय बजारमा भन्दा करिब १० देखि १५ प्रतिशतसम्म महंगो मूल्य पर्ने गरेको छ । विभिन्न किसिमका करहरु तथा भन्सारका कारण नेपालमा मोबाइल फोन छिमेकी मुलुकमा भन्दा केहि महंगो हुने व्यवसायीहरुले भन्दै आएका छन् ।

केहि समय अघि मात्र विश्व बजारमा सार्वजनिक भएको वानप्लस थ्री स्मार्टफोन चर्चित मोडलहरु मध्ये पर्दछ । यो स्मार्टफोनमा ६ जीबीको र्याम तथा क्वालकम स्न्यापड्रयागन ८२० प्रोसेसर (Snapdragon 820) प्रयोग गरिएको छ । यसमा अप्टीक एमोलेड (AMOLED) डिस्प्लेसहितको ५.५ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १९२०x१०८० पिक्सेल रहेको छ । यसको डिस्प्लेलाई गोरिल्ला ग्लास फोरद्धारा सुरक्षित गरिएको छ ।

यसमा स्टोरजका लागि ६४ जीबीको इन्टरनल स्टोरेल राखिएको छ भने फिंगरप्रिन्ट सेन्सर, एक्सेलेरोमिटर, गाईरोस्कोप, प्रोक्सिमिटी सेन्टरलगायतका फीचर राखिएको छ । यसमा चार्जका लागि टाईप सी पोर्ट (Type-C) प्रयोग गरिएको छ भने ड्यास चार्ज प्रविधिसहितको ३,००० एमएएच नन रिमूभेवल ब्याट्री राखिएको छ ।

वान प्लस स्मार्टफोनमा १६ मेगापिक्सेलको अप्टिकल इमेज स्टेबलाईजसहितको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसको रियर क्यामराले फोर के (4K) भिडियो खिच्दछ । त्यस्तै यसमा ड्यूल नानो सिम स्लट रहेको छ भने फोरजी, ब्लूटूथ, ४.२ भर्सन, वाईफाई, एनएफसी लगायतका कनेक्टिभिटी फीचर राखिएको छ ।

easy care

प्रकाशित: १७ असार २०७३, शुक्रबार