मोबाइल मेला २०१६ आजदेखि शुरु, पूर्व युवराज पारस शाहले गरे उद्घाटन (फोटो फिचरसहित)

Technology Khabar ८ माघ २०७२, शुक्रबार

मोबाइल मेला २०१६ आजदेखि शुरु, पूर्व युवराज पारस शाहले गरे उद्घाटन (फोटो फिचरसहित)
ललितपुर मोबाइल कम्प्लेक्सको शुभारम्भको अवसरमा आयोजित मोबाइल मेला उद्घाटन गर्दै पूर्व यूवराज पारस विक्रम शाह । फोटोः मोबाइल्सखबर डटकम

काठमाडौं ।

काठमाडौं, ८ माघ । ललितपुर मोबाइल कम्प्लेक्सको शुभारम्भको अवसर पारेर आयोजना गरेको मोबाईल मेला २०१६ आजदेखि शुरु भएको छ । उक्त मोबाइल मेलाको एक कार्यक्रमका बिच पूर्व यूवराज पारस विक्रम शाहले उद्घाटन गरे ।

MobilesKhabar_012
पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा । फोटोः मोबाइल्सखबर डटकम

कम्प्लेक्सको ग्राण्ड ओपनिंगको अवसर पारेर आजदेखि माघ १६ गतेसम्म मेला आयोजना हुने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले कम्प्लेक्सको शुभारम्भको अवसर पारेर मोबाइल मेला गर्न लागिएको भन्दै कुनै पनि ब्राण्डका फोनहरु सुपथ मूल्यमा खरिद गर्न सकिने बताए । उनले ग्राहकहरुलाई मोबाइललगायतका सामाग्रीमा अधिकतम छुट दिईने जानकारी दिए ।

मोबाइल मेलाको पहिलो दिन करिब ३० हजार व्यक्तिले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ ।

पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा । फोटोः मोबाइल्सखबर डटकम
पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा । फोटोः मोबाइल्सखबर डटकम

कम्पनीका अनुसार मोबाइल मेलामा न्यूनतम ९ सयदेखि १ लाख २५ हजार रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ । मेलाको अवधिभर कुनैपनि मोबाइल खरिदमा ४० प्रतिशतसम्मको नगद छुट ग्राहकले प्राप्त गर्नेछन भने एसेसरिजमा ५५ प्रतिशतसम्मको छुट दिईनेछ । त्यसैगरी कुनैपनि मोबाइल तथा ग्याजेटस् सर्भिस गरेबापत सर्भिसमा २५ प्रतिशतसम्मको छुट उपलब्ध हुने बताईएको छ ।MobilesKhabar_014

ललितपुर मलको दोस्रो तल्लामा रहेको कम्प्लेक्समा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा आईसकेएका छन् । त्यस्तै कम्प्लेक्समा सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम संचालन गरिएको छ, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।

पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा साथमा सिताष्मा शाह । फोटोः मोबाइल्स खबर डटकम
पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा साथमा सिताष्मा शाह । फोटोः मोबाइल्स खबर डटकम
पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा साथमा सिताष्मा शाह। फोटोः मोबाइल्सखबर डटकम
पूर्व यूवराज पारस विक्रम शाह मोबाइल मेला २०१६ उद्घाटन कार्यक्रममा साथमा सिताष्मा शाह। फोटोः मोबाइल्सखबर डटकम

त्यसैगरी मेलामा आउने हरेकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको र निशुल्क लक्की ड्र कुपन दिईनेछ भने उक्त कुपनबाट हरेक दिन लक्कि ड्र मार्फत तीन वटा स्मार्टफोन उपहार प्रदान गरिने कम्पनीले उल्लेख गरेको छ ।

मेलामा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । एक्स्पोको अन्तिम दिन मोबाइल अवलोकन तथा प्रवेशकर्ताहरु मध्येबाट १ जनालाई लक्कि ड्रको माध्यमबाट १ लाख रुपैंया बराबरको बम्पर उपहार प्रदान गरिने आयोजकको दाबी छ ।

मोबाइल मेलामा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, केनजिण्डालगायत ब्राण्डका फोनहरु उपलब्ध गराईने आयोजकको भनाई छ ।

easy care

प्रकाशित: ८ माघ २०७२, शुक्रबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार