स्मार्टफोन खरिदमा ४० प्रतिशतसम्मको छुट

Technology Khabar ६ पुष २०७२, सोमबार

स्मार्टफोन खरिदमा ४० प्रतिशतसम्मको छुट

काठमाडौं ।

काठमाडौं, ६ पुस । ललितपुरको लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले क्रिशमसको अवसरमा कुनै पनि किसिमका मोबाइल खरिदमा ग्राहकहरुलाई ४० प्रतिशतसम्मको छुट दिने भएको छ । कम्प्लेक्सले बजारमा आएका सबैभन्दा नयाँ मोबाइल फोन सेटहरुको खरिदमा पनि रु १,००० देखि रु ५,००० सम्मको छुट ग्राहकलाई दिने कम्प्लेक्सले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

ललितपुर मलमा रहेको कम्पनीले आउँदो क्रिशमसको अवसर पारेर ग्राहकहरुले आफुलाई मन परेको विभिन्न किसिमका स्मार्टफोनहरु भारी छुटमा खरिद गरि फाईदा लिन आग्रह पनि गरेको छ ।Lumia Discount Offer

नेपालकै सबैभन्दा ठूलो र अत्याधुनिक मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्समा माइक्रोसफ्ट लूमिया सिरिजका कुनैपनि स्मार्टफोनहरुको खरिदमा ३० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिन्छ भने हुवावेको जी ७०० मोडलको स्मार्टफोनमा रु ५,००० छुट दिईएको छ ।

आउँदो अंग्रेजी नयाँ वर्ष र क्रिशमसको अवसरमा मन परेका नयाँ ब्राण्डका स्मार्टफोन खरिदकर्ताहरुलाई पनि कम्प्लेक्सले भारी छुट उपलब्ध गराउनेछ । यसअन्तरगत हुवावेको वाई सिक्स, सामसुंगको जे फाईभ, सोनीको ई४००, लाभाको एटोम स्मार्टफोनमा रु १,००० छुट दिएको छ भने हुवावेको मेट सेभेन, जी सेभेन प्लस तथा सामसुंगको ग्यालेक्सी नोट फाइभ, ग्यालेक्सी एस सिक्स, ग्यालेक्सी एस सिक्स एज स्मार्टफोनको खरिदमा ५,००० नगद छुट दिईएको छ ।

त्यस्तै कम्प्लेक्समा सिंगापुरको ब्राण्ड डिटिसीको टर्च मोडलको मोबाइल फोनको खरिदमा पनि रु १,५०० सम्म छुट दिईएको छ भने हुवावेको वाई सिक्स स्मार्टफोन खरिदमा जाडोको लागि ज्याकेट उपहार प्राप्त गर्न सकिनेछ ।

ललितपुर मोबाइल कम्प्लेक्सले क्रिशमसको अवसरमा ल्याएको नगद छुट तथा उपहार योजनाअन्तगत मोबाइल फोन खरिद गर्दा पाईने छुट अंग्रेजी नयाँ वर्ष सन् २०१६ सम्म रहनेछ  ।

त्यसैगरी कम्प्लेक्सले मोबाइलका लागि आवश्यक पर्ने विभिन्न एसेसरिज तथा अन्य ग्याजेट्समा पनि उच्च छुट दिएको छ । कुनैपनि किसिमका एसेसरिजको खरिदमा ४० प्रतिशतसम्मको छुट दिएको कम्प्लेक्सले जनाएको छ ।

easy care

प्रकाशित: ६ पुष २०७२, सोमबार

ताजा समाचार