मज्जाले धुन मिल्ने स्मार्टफोन ‘डिग्नो राफ्रे’, साबुनले धुन र पानीले पखाल्न सकिने

Technology Khabar १८ मंसिर २०७२, शुक्रबार

मज्जाले धुन मिल्ने स्मार्टफोन ‘डिग्नो राफ्रे’, साबुनले धुन र पानीले पखाल्न सकिने

काठमाडौं ।

काठमाडौं, १८ मंसिर । वाटरप्रुफ स्मार्टफोनको बारेमा त सबैले सुन्दै र प्रयोग गर्दै आएका हुन् । यस्ता किसिमका फोनहरलाई सामान्य किसिमले हलुका सफाई पनि गर्न सकिन्छ भने निश्चित समयसम्म ती फोनहरुमा पानी परेपनि केहि हुँदैन् । तर हालै यस्तो फोन सार्वजनिक भएको छ जसलाई मज्जाले साबुनले धुन सकिन्छ ।

केडिडिआई (KDDI) तथा क्योसेरा (Kyocera) कम्पनीले वाटरप्रुफ फोनको अवधारणा भन्दा अगाडि बढेर डिग्नो राफ्रे (Digno Rafre) नामको स्मार्टफोन सार्वजनिक गरेका छन्, जुन स्मार्टफोन विश्वको पहिलो साबुन-प्रुफ (Soap Proof) फोन हो । यो फोनलाई प्रयोगकर्ताले साबुनलगाएर मज्जाले धोएर सफा गर्न सक्दछ ।

डिग्नो राफ्रे स्मार्टफोनले ४३ डिग्रीसम्मको तातो पानी सहन गर्ने क्षमता राख्दछ । तर कम्पनीले लिएको आईपी रेटिंगमा भने तातो पानी प्रतिरोधको बारेमा सामान्यतया उल्लेख गरिएको हुँदैन । यो स्मार्टफोनले भने आईपी ५८ (IP58) रेटिंग पाएको छ । अझ यो स्मार्टफोन रबर डकी डकसँगै उपलब्ध हुन्छ, जुन बाथटबमा तैरिन्छ, अर्थात यो फोन पानीमा डुब्यो भने पनि चिन्ता मान्नु पर्दैन, यो आफैं तैरिएर पानी माथि आउँने कम्पनीक भनाई छ ।

दुईवटा जापानी कम्पनीको सहकार्यमा आएको यो स्मार्टफोन नेभी ब्लू, क्यास्मेरी ह्वाईट तथा कोरल पिंग कलरमा उपलब्ध हुनेछ ।

यो फोनको टचस्क्रीनलाई दूर्घटनाबाट बचाउन ड्रयागनट्रेल एक्स ग्लासद्धारा (Dragontrail X Glass) सुरक्षित गरिएको छ भने फोनको स्क्रीन भिजेको समयमा पनि स्मार्टफोनले काम गर्दछ । यो फोन शक प्रुफ रहेको छ अर्थात फोन झिजेको बेलामा झड्का आउनसक्ने संभावना छैन् । यसको लागि कम्पनीले एमआईएल एसएसटीडी ८१०जी प्रमाण प्राप्त गरेको छ ।

डिग्नो राफ्रे स्मार्टफोनको डिस्प्ले ५ इन्चको ७२० पिक्सेलको रहेको छ भने यो फोनमा २ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ । यसको स्टोरेजलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।

फोनमा १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने फ्रन्ट क्यामरा  मेगापिक्सेलको रहेको छ । एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो फोनले फोरजी एलटीई, वाईम्याक्स, भिओएलटीई सपोर्ट गर्दछ ।

फोनमा ३,००० क्षमताको ब्याट्री राखिएको छ, जुन कम्पनीकाअनुसार भिओएलटीई कलका लागि २० घण्टासम्मको क्षमता राख्दछ ।

क्योरेराको यो स्मार्टफोन केडिडिआईमा आउँदो शुक्रबार सार्वजनिक हुने छ भने जापानभित्र ५७,४२० जापानी येन अर्थात ४६५ अमेरिकी डलर मूल्य तोकिएको छ ।

यो स्मार्टफोनको भिडियो यस्तो छ ।

https://youtu.be/Vc6eNqoLeQs

easy care

प्रकाशित: १८ मंसिर २०७२, शुक्रबार