नेपाल टेलिकमको चाडपर्वका लागि विभिन्न छुट योजना

Technology Khabar २५ आश्विन २०७२, सोमबार

नेपाल टेलिकमको चाडपर्वका लागि विभिन्न छुट योजना

काठमाडौं ।

काठमाडौं, २५ असोज । नेपाल टेलिकमले दसैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई महशुल दरमा छुट दिने घोषणा गरेको छ । कम्पनीले सीमररीम कार्डको टक टाइमदेखि कल गर्दा लाग्ने शुल्कमा समेत छुट दिएको छ ।

टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड मोवाइलबाट गर्दा लाग्ने शुल्कमा प्रतिकल १५ पैसा छुट दिएको छ । यो योजना अन्तर्गत असोज २६ गते देखि कात्तिक ९ गतेसम्म र कात्तिक २५ गते देखि मंसिर १ गतेसम्म छुट दिन लागिएको कम्पनीले जनाएकोछ । यो अवधिमा प्रिपेड मोवाइलबाट कल गर्दा प्रतिमिनेट एक रुपैयाँ ३५ पैसा र पोष्टपेड मोवाइलबाट कल गर्दा ९० पैसा लाग्नेछ ।

पोष्टपेड र प्रिपेड मोवाइलको एसएमएसमा एक एसएमएस बराबर एक एसएमएस नै बोनस दिने जानकारी पनि टेलिकमले दिएको छ । एउटा एसएमएस गर्दा अर्को एउटा एसएमएस निशुल्क हुनेछ । यो बोनस योजना टेलिमकको नेटवर्क भित्र मात्रै लागु हुने जानकारी दिइएको छ ।

कम्पनीले ल्याण्डलाइन९पिएसटिएन०मा कल छुट दिएको छ । मासिक न्युनतम कलमा १०० थपेर २७५ कल पुर्याएको जानकारी टेलिकमले दिएको छ । कार्तिक महिनाको मासिक महसुल दुई सय रुपैयाँमका थप १०० लोकल कल (१७५ं+१००=२७५) उपलब्ध गराइने टेलिकमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले ९० रुपैयाँमा सीम र रीम कार्ड बेच्ने र यो कार्डमा ५० रुपैयाँ बराबरको टक टाइम हुने जानकारी टेलिकमले दिएको छ ।

जिएसएम तथा सिडिएमए पोष्टपेड मोवाइलमा छुट अफर लागु भएको अवधिमा ५० एमबी डाटा निशुल्क दिने जानकारी पनि टेलिकमले दिएको छ । त्यस्तै एडिएसएलको भ्यालिडिटी समय पनि थप गरेको छ । दसैंका लागि कात्तिक ३ देखि ९ गतेसम्म सकिने समयलाई कात्तिक १० गतेसम्म र कात्तिक २५ गतेदेखि मंसिर १ गतेसमम सकिने समयलाई मंसिर २ गतेसम्म थप हुनेछ ।

easy care

प्रकाशित: २५ आश्विन २०७२, सोमबार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार