दुग्ध विकास मूल्य श्रृंखला सम्बन्धी गोलमेच सम्मेलन सुरु

Technology Khabar २३ भाद्र २०७२, बुधबार

दुग्ध विकास मूल्य श्रृंखला सम्बन्धी गोलमेच सम्मेलन सुरु

काठमाडौं ।

काभ्रे, २३ भदौ । दुधमा मुलुक आत्मनिर्भर भइरहेको बेला दुुधको शुद्धतामा सुधार गर्न नसकेको भन्दै सरोकारबाला मन्त्रालयकै सचिव उत्तमकुमार भटट्राईले असन्तुष्टि जनाएका छन् । कृषि विकास मन्त्रालयका सचिव सचिव भटट्राईले गोठदेखि ओठसम्म नेपाली दुधको शुद्धतामा ध्यान नदिँदा नेपाली दुधको गुणस्तरमा सुधार नभएको बताए ।
व्यवसायिक कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) ले काभ्रेको नगरकोटमा बुधवारदेखि शुरु गरेको दुई दिने दुग्ध विकास मूल्य श्रृंखला सम्बन्धी गोलमेच सम्मेलनलाई सम्बोधन गर्दै सचिव भटट्राईले नेपाली दुधको शुद्धतामा देखिएको समस्या अहिलेको ठूलो चुनौती रहेको भन्दै असन्तुष्टि जनाए ।
उनले दुधको सेवनमा आएको कमी कम गर्न नेपाली दुधको शुद्धतामा ध्यान दिनुपर्नेमा जोड दिदै अन्तराष्टिय रुपमा दुध निर्यात गर्न प्रतिस्पर्धा गर्न सक्नु पर्ने भनाई थियो ।
सम्मेलनमा व्यवसायिक कृषि तथा व्यापार आयोजना ( प्याक्ट ) का प्रमख डाक्टर इन्द्रकान्त झाले दुधको उत्पादन, दुधको खपतमा आएको कमी, बजार व्यवस्थापनको समस्या र त्यसको समाधान खोज्न सम्मेलनले ठोस योजना बनाउने जानकारी दिए ।
सम्मेलनमा कृषि विकास मन्त्रालयका योजना प्रमुख योगेन्द्रकुमार कार्की, सह सचिव उदयचन्द्र ठाकुुर, पशु सेवा विभाग अन्तगर्तका निकाय, लगायतका प्रमुखहरुले आ आफना विचार व्यक्त गरेका थिए ।
दुध पदार्थ उत्पादक, डेरी व्यवसायी, विज्ञ, सहकारी, नीति निर्माता, मूल्य श्रृंखलाविज्ञहरुको सहभागितामा दुई दिन सम्म सम्मेलन आयोजना हुनेछ ।

Sajilo Visa

प्रकाशित: २३ भाद्र २०७२, बुधबार

ताजा समाचार

एप्पल म्याप्स ‘बिटा’ अब वेबमा उपलब्ध

  • Technology Khabar
  • १२ श्रावण २०८१, शनिबार