पाटा नेपालले पर्यटन क्षेत्रको पुनरुत्थान गराउने

Technology Khabar ३१ असार २०७२, बिहीबार

पाटा नेपालले पर्यटन क्षेत्रको पुनरुत्थान गराउने

काठमाडौं ।

काठमाडौं, ३१ असार । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपालको दोस्रो कार्यसमिति बैठक काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा वैशाख १२ गते गएको महाविनाशकारी भुकम्प र त्यसपछि गएका पराकम्पहरूले नेपालको पर्यटन क्षेत्रमा पुर्याएको नकारात्मक असर र यसको पुनरुत्थानका उपायहरुको बारेमा गम्भीर छलफल भएको बताईएको छ । यही क्रममा पाटा नेपालको कार्यसमिति बैठकले भुकम्पपछि शिथिल बनेको नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान एवं यसलाई पुनर्ताजगी गराउने उद्देश्यले आगामी आर्थिक वर्ष २०७२/०७३ का निम्न योजनाहरुको तर्जुमा गरी लागु गर्ने निर्णय गरेको छ । विश्व सगरमाथा दिवसको अवसर पारेर आगामी मे २९, २०१६ का दिन नेपाल सरकार र पाटा इन्टरनेशनलको सहकार्यमा पाटा नेपालले हिमालयन भ्रमण मेला आयोजना गर्ने भएकोछ ।
त्यसैगरी भुकम्पपछि नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान र प्रचार अभियानलाई टेवा पुर्याउने उद्देश्यले पाटा नेपालले विश्वभरका टुर अपरेटरहरुको बीचमा फ्याम ट्रिप अर्थात ‘घुलमिल कार्यक्रम’को संयोजन गर्नेभएको छ । नेपालको पर्यटनको पुनरुत्थानमा सहयोग पुगोस भन्ने उद्देश्यले पाटा नेपालले ब्लगर सम्मेलनको आयोजना गर्ने योजना बनाएको तथा नेपालको पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गर्ने उद्देश्यले हङकङ पोलिटेक्निक विश्वविद्यालयका प्राध्यापक काय चोन र इ–टुरिजम फ्रन्टार्यसका प्रमुख कार्यकरी अधिकृत दामियन कुकको उपस्थितिमा एक कार्यशाला गोष्ठिको आयोजना गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।
नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा निजी क्षेत्रका प्रतिनिधि समेतको सहभागितामा पाटा नेपालको कार्यसमिति बैठक सम्पन्न भएको हो ।

easy care

प्रकाशित: ३१ असार २०७२, बिहीबार

ताजा समाचार