हिमालयन बैंकको राहत कोषमा २ करोड सहयोग

Technology Khabar २५ असार २०७२, शुक्रबार

हिमालयन बैंकको राहत कोषमा २ करोड सहयोग

काठमाडौं ।

काठमाडौं, २५ असार । हिमालयन बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भूकम्प पिडितलाई बैंकको सहयोग स्वरुप रु. १ करोड तथा बैंकको बैंकिङ्ग साझेदार हबिब बैंक लिमिटेड पाकिस्तानको तर्फवाट रु. १ करोड गरी जम्मा रु. २ करोड प्रदान गरेको छ ।

बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर जबरा तथा हबिब बैंकका तर्फबाट बैंकका वरिष्ठ महाप्रबन्धक ईजाज कादिर गिलले सो रकमको चेकहरु प्रधानमन्त्री सुशील कोइरालालाई एक समारोहका वीच हस्तान्तरण गरे । समारोहमा बैंकका प्रमुख सल्लाहकार हिमालय शमशेर राणा तथा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो ।

easy care

प्रकाशित: २५ असार २०७२, शुक्रबार

ताजा समाचार