जन्मदिनमा ट्वीटरले प्रयोगकर्तालाई बेलुन दिने

Technology Khabar २३ असार २०७२, बुधबार

जन्मदिनमा ट्वीटरले प्रयोगकर्तालाई बेलुन दिने

काठमाडौं ।

काठमाडौं, २३ असार ।सोशल नेटवर्किग साइट ट्वीटरले अब अफ्नो यूजर्सको बर्थडे सेलिब्रेट गर्ने भएको छ । यूजर्सको ट्वीटर एकाउन्टमा भएको वर्थ डेट अर्थात जन्मदिनमा शुभकामना पठाउनेछ । यो समयमा ट्वीटरमा बर्थडे एडका साथै बेलून पनि देखिने छ । जुन प्रयोगकर्ताले ट्वीटरको प्रयोग गरिरहेको छ, त्यसलाई जन्मदिनको शुभकामना दिनेछ ।

ट्वीटरले बर्थडे सेलिब्रेट गर्ने सुविधा यहि जुलाई ६ तारिखदेखि नै शुरु गरिसकेको छ । ट्वीटरले एक पोस्टको माध्यमबाट जानकारी दिन्दै लेखेको छ,  अर्थात यूजर्सले ट्वीटरमा भएको आफ्नो प्रोफाइलमा बर्थडेसँग जोडिएका जानकारी भर्नुपर्नेछ ।

जुन प्रयोगकर्ताले ट्वीटरको प्रयोग गरिरहेका छन् । उसले आफ्नो एकाउन्टको प्रोफाइलमा एडिट गरेर त्यसमा बर्थडे भर्नुपर्ने हुन्छ । twitter_birthday-2

यसको लागि यूजर्स ट्वीटरमा लगइन गरेर त्यसपछि प्रोफाइल एड सेटिंग अप्शनमा जानुहोस् ।यसका लागि आफ्नो प्रोफाइल पिक्चरमा क्लिक गरेर पनि सिधै जान सकिन्छ । यहाँ नामको मुनिपट्टि लोकेशन तथा बर्थडेको अप्शन दिईएको छ । तपाईँ बर्थ डेको अप्शनमा गएपछि त्यहाँ मन्थ, डे तथा ईयर छनौट गर्ने अप्शन आउँछ । त्यसपछि ईयरको अगाडि जुन लकको आइकन देखिन्छ त्यसमा क्लिक गरेर पब्लिक तथा पर्सनल अप्शन छनौट गर्नुहोस् । अनि माथि गएर सेभ चेन्ज गर्नुहोस्  ।

जुन बर्थ डे तपाईँले ट्वीटरमा भर्नुभएको छ त्यहि दिन ट्वीटरको तर्फबाट बधाईको ट्वीट आउनेछ । साथै तपाईँको प्रोफाइलमा कयौं बेलुनहरु देखिनेछ । यी बेलुनहरु तलपट्टिबाट माथितर्फ उडिरहेको जस्तो देखिनेछ । यो बेलुनले प्रयोगकर्तालाई ट्वीट गर्न कुनै समस्या नपार्ने बताईएको छ । ट्वीटरले जन्मदिनमा एनिमेटेड रंगिचंगि बेलुन प्रयोगकर्ताको ट्वीटर ह्याण्डलमा देखाउनेछ ।

easy care

प्रकाशित: २३ असार २०७२, बुधबार