अत्याधुनिक प्रबिधिबाट अब होसियार, रोबोटले मान्छे मार्यो !

Technology Khabar १७ असार २०७२, बिहीबार

अत्याधुनिक प्रबिधिबाट अब होसियार, रोबोटले मान्छे मार्यो !
भक्सवागन फ्याक्ट्रीमा काम गर्दै कामदार । फाइल फोटो

काठमाडौं ।

काठमाडौं, १७ असार । के तपाईले मानिसले नै अाविश्कार गरेको अत्याधुिनक प्रविधिसहितको रोबोटले मान्छे मार्दछ भनेर कल्पना गर्न सक्नुहुन्छ ।

पक्कैपनि अहिलेकाे अवस्थामा याे हुन सक्दैन भन्नुहुन्छ होला । किनकी राेबोटलाई जे अादेश दिइएको छ त्यो मात्र पालना गर्दछ । त्यस्तै यसमा निश्चित कार्यक्रमहरु मात्र सफ्टवेयरद्धारा राखिएको हुन्छ ।

यसमा मानिसको जस्तै मस्तिष्क नहुने हुँदा यसलाई मानिसले दिएको अादेश मात्र पालना गर्दछ । तर मानिसले नै अाविश्कार गरेकाे रोबोटले एक जना व्यक्तिकाे हत्या गरेको अाश्चार्यलाग्दो समाचार अाएको छ ।

जर्मनीस्थित भक्सवागनको प्रोडक्सन प्लान्टमा एउटा रोबोटले कामदारको हत्या गरेको छ । उक्त प्लान्टमा रोबोटले कन्ट्रयाक्टरको हत्या गरेको कम्पनीले बुधवार जानकारी दिएको छ ।

भक्सवागनका प्रवक्ता हीको हीलविगले फ्रान्कफर्टबाट ६२ माइल टाढा बाउनटलमा रहेको प्रोडक्सन प्लान्टमा सोमबार उक्त व्यक्तिको मुत्यु भएको हो जानकारी दिए ।

२२ वर्षिय कन्ट्रयाक्टर उक्त टीमका सदस्य थिए, जुन टीमले स्टेशनरी रोबोटको सेटिंग गर्ने गर्दथ्यो । प्रवक्ताका अनुसार कार्य गरीरहँदा उक्त रोबोटले कन्ट्रयाक्टरलाई समातेर एक मेटल प्लेटिंगमा विपरित उसलाई दबाएर हत्या गरेको हो ।

हीलविगले भने, पहिलो दृष्टिमा यो मानवीय गल्ति प्रतित भईरहेको छ तर यसका बाबजुद रोबोटमा पनि समस्या थियो । जसलाई एसेम्बलि प्रकृयाको अवधिमा कयौं कार्यसम्पादन गर्नका लागि प्रोग्राम्ड गरिएको हुन्छ ।’

उनले भने, एक निश्चित क्षेत्रभित्र यो रोबोटले अटो भागहरुलाई समात्ने तथा त्यसलाई विभिन्न भागमा विभाजन गर्नेगरी सामान्यतया संचालन गरिन्छ ।’

उक्त घट्नाको समयमा अर्को कन्ट्रयाक्टर पनि उपस्थित थियो, तर उसलाई भने कुनै नोक्सानी पुगेको छैन् । कम्पनीका प्रवक्ताले जाँच गरिरहेको भन्दै थप जानकारी दिन अस्विकार गरेका छन् ।

जर्मन समाचारी एजेन्सी डिपिएको समाचार अनुसार अभियोजन पक्षको वकिल आरोपको बारेमा विचार गरिरहेका छन् । तथापी उनको चिन्ता यो आरोप कसको विरुद्धमा लगाउने भन्ने रहेको छ ।

उता भक्सवागनका एक महिला प्रवक्ताले दि इन्डिपेन्डेन्टलाई जानकारी दिँदै यो साता एक कन्ट्रयाक्टर केहि मेसिन इन्स्टल गर्दा घाईते भएको बताईन् । उनकाअनुसार उक्त घाईते व्यक्तिको अस्पतालमा पछि निधन भयो । डेलिमेल डट यूकेको सहयोगमा

easy care

प्रकाशित: १७ असार २०७२, बिहीबार

ताजा समाचार