भुकम्प प्रभावित किसानलाई तरकारीको बिउ वितरण

Technology Khabar १ असार २०७२, मंगलवार

भुकम्प प्रभावित किसानलाई तरकारीको बिउ वितरण

काठमाडौं ।

काठमाण्डौ, १ असार । नेपाल कृषि सहकारी केन्द्रीय सहकारी संघ ले धदिङ र मकवानपुरका ५० वटा गाविसमा विभिन्न जातको तरकारीको बिउ वितरण गरेको छ ।

एग्रीटेराको सहयोगमा, इन्जा जेडन हङकंगबाट प्राप्त करेला, गोलभेडा, काँक्रो र फर्सीको १ सय ८६ किलो बिउ वितरणका लागि साना किसान कृषि सहकारी संघ धादिङ र कृषि सहकारी संघ मकवानपुरलाई हस्तान्तरण गरिएको छ ।

हस्तन्तरण कार्यक्रममा संघका अध्यक्ष खेम वहादुर पाठकले किसानहरुलाई केन्द्रीत गरेर प्राप्त भएको सहयोग खास पिडित किसान सम्म पुर्याउनुपर्नेमा जोड दिए ।

पाठकले घरवासका लागि जस्ताको व्यवस्था, खेतिपातीका लागि मल विउको सहज उपलब्धता गराउन सके किसानहरु उत्पादनमुलक कार्यमा लाग्न तत्पर रहेको बताए । प्राप्त बिउ धदिङका ३५ गाविस र मकवानपुरका १५ गाविसमा वितरण गरिने छ ।

भुकम्पका कारण ४ सय ९० कृषकको मृत्यु भएको, ११ सय घाईते भएको र ८५ हजार घरपरिवार विस्थापित हुनु परेको केन्द्रीय संघले जानकारी दिएको छ ।

संघले यसअघि पनि १७ सय क्विन्टल चामल, १४ सय ६४ वटा टेन्ट, २९ थान सोलार, ४ सय ५० वटा टर्चलाईट लगायत दैनिक उपभोग्य सामग्री नुन, तेल, कपडालगायत राहत सामग्री मुख्य प्रभावित जिल्लाका किसानहरुलाई वितरण गरिसकेको छ ।

easy care

प्रकाशित: १ असार २०७२, मंगलवार

ताजा समाचार