हुन्डाईद्वारा नयाँ ‘फोरएस भेर्ना’ सेडान सार्वजनिक

Technology Khabar ३ बैशाख २०७२, बिहीबार

हुन्डाईद्वारा नयाँ ‘फोरएस भेर्ना’ सेडान सार्वजनिक

काठमाडौं ।

काठमाडौं, ३ वैशाख । नेपालका लागि हुन्डाई कम्पनीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो नयाँ सेडान ‘हुन्डाई 4S Verna’ आज सार्वजनिक गरेको छ । सवारी साधनका पारखी तथा स्टाइलमा विश्वास गर्ने नेपाली उपभोक्ताले हुन्डाईको यो कारबाट अभूतपूर्व सन्तुष्टि र प्राविधिक उत्कृष्टताको विशिष्ट अनुभव हासिल गर्ने छन् ।

हुन्डाई मोटरले आफ्नो विश्वप्रसिद्ध प्रविधिका माध्यमबाट 4S Verna गाडीको विकास गरेको हो, जसले गुणस्तर, डिजाइन, स्पेस, सवारी चलाउँदाको अनुभूति र अन्य प्राविधिक विशेषतातर्फ नयाँ कोसेढुंगा स्थापित गर्ने बताईएको छ ।

नयाँ फोरएस भेर्नाले नेपालको अटो बजारमा स्टाइल, स्पेस, इन्धन माइलेज, सुरक्षा र कार्य–सम्पादनका आधारमा सवारी साधनका पारखीहरूलाई नौलो अनुभूति गराउने कम्पनीको दाबी छ ।

फोर एस भेर्ना १.६ लिटर ख्त्ख्त् पेट्रोल इन्जिनमा उपलब्ध छ । यसले दिने इन्धन माइलेज अरू गाडीको तुलनामा उत्कृष्ट छ । यसको अधिकतम पावर ६३०० आरपिएममा १२३ पिएस छ भने टर्क ४२०० आरपिएममा १५.८ केजिएम छ । यसले प्रतिलिटर १७.०१ किलोमिटर माइलेज दिन्छ ।

हुन्डाईल स्पिड, स्टायल, सोफिस्टीकेशन र सेफ्टीमा विशेश विचार पुर्याउने उपभोक्तालाई ध्यानमा राखेर नयाँ गाडिकोे विकास गरेको हो । हुन्डाई फोर एस भेर्नाको बजार मूल्य रु. ४०,९६००० तोकिएको तथा ५ वटा नयाँ रङमा पाइने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ३ बैशाख २०७२, बिहीबार