जुत्ताको बिग सेल ५ दिन थप

Technology Khabar ५ फाल्गुन २०७१, मंगलवार

जुत्ताको बिग सेल ५ दिन थप

काठमाडौं ।

काठमाडौं, ५ फागुन । नेपाली जुत्ता घरको आयोजनामा भृकुटीमण्डपमा माघ २१ देखि सञ्चालन भईरहेको विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको चौथो बिग सेल मेला ५ दिन थप गरिएको छ ।

यस अघि बिग सेल मेला फागुन ६ गतेसम्म मात्र हुने भनिएकोमा ग्राहकको अत्याधिक चापलाई ध्यानमा राखि फागुन ११ गते सम्मका लागी थप गरिएको आयोजक कम्पनी नेपाली जुत्ता घरका प्रबन्ध निर्देशक मनोज श्रेष्ठले जानकारी दिए । बिग सेल मेलामा आईतबारसम्म करिब १ लाख १५ हजारले अवलोकन गरेका छन् भने करिब २५ हजार जोर जुत्ता तथा चप्पल बिक्रि भएको छ ।

मेलामा हरेक दिन उपभोक्ताको उल्लेखनीय सहभागीता रहदै आएको र यसले नेपाली जुत्ता प्रति उपभोक्ताको बढ्दो आकर्षणले उत्साही बनाएको आयोजक कम्पनीका सञ्चालक तथा शिखर शुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए ।

चौथो बिग सेल मेलामा नेपालका चर्चित एवं ब्राण्डेड जुत्ता उत्पादक कम्पनीहरुको सहभागीता रहेको छ । बिग सेल मेलामा बी.एफ.डियर हिल, शिखर सुज, क्रस रोड, स्काई सुज, टाकुरा सुज, कोसेली छाला जुत्ता, लेदर विङ्गस् र सु ल्याण्ड ब्राण्डकोे जुत्ता उपभाक्ताले खरिद गर्न सक्नेछन् ।

बिग सेल मेलाको अघिल्लो तिन संस्करण राष्ट्रिय सभा गृहको चौरमा भएको थियो । बिग सेल मेलामा जाडो यामलाई लक्षित गरि ल्याइएका कम्पनीका जुत्ताहरुमा भारी छुट दिइएको र मेलामा नेपाली जुत्ता प्रति ग्राहकहरुको अभिरुचि बढाउन लागत मुल्यमा नै जुत्ता बिक्रि गरिएकोे आयोजक कम्पनीका सञ्चालक एवं बिएफ डियर हिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले जानकारी दिए ।

मेलामा रु. १५०, ३००, ५००, ७०० र १००० देखि ३००० सम्मको जुत्ता तथा चप्पलहरु उपोभोक्ताले खरिद गर्न सक्ने छन् । मेलामा कम्पनीहरुले जुत्ता तथा चप्पलको खुद्रा मुल्यमा १० देखि ७५ प्रतिशतसम्म छुट दिइएको छ ।

मेलाको आयोजक कम्पनी नेपाली जुत्ता घरको स्थापना विभिन्न प्रतिस्पर्धि ब्राण्डहरुको आफ्नै सक्रियतामा करिब डेढ वर्ष अघि भएको हो । नेपाली जुत्ता घरको हाल उपत्यकामा जमल, महाराजगञ्ज, कुमारीपाटी र नमस्ते सुपरमार्केट गरि जम्मा ४ वटा सो रुमहरु सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: ५ फाल्गुन २०७१, मंगलवार