मोबाइल महोत्सवको पहिलो दिन ३ करोड रुपैंया बढिको मोबाइल बिक्री

Technology Khabar २ फाल्गुन २०७१, शनिबार

मोबाइल महोत्सवको पहिलो दिन ३ करोड रुपैंया बढिको मोबाइल बिक्री

काठमाडौं ।

काठमाडौं, २ फागुन । काठमाडौ पाको, न्यूरोडस्थित ताम्राकार कम्प्लेक्समा आयोजना भईरहेको सामसुंग मोबाइल महोत्सवको पहिलो दिनको लक्कि ड्रमा कुपन नम्बर २०८७ भएका कर्मा सांगे लामाले क्यास ब्याक अफरको डबल पुरस्कार हात पारेका छन् ।1st-day-pic-1

अर्थमन्त्री डा रामशरण महतका सल्लाहकार गजेन्द्र बिष्टले शनिवार कम्प्लेक्समा एक कार्यक्रमकाबिच निकालेको लक्कि ड्रमा कर्मा सांगे लामाले दैनिक पुरस्कारअन्तरगतको ५० प्रतिशत क्यासब्याक रकम प्राप्त गरेका हुन् । लामाले क्यासब्याक अफरका साथै हरेक दिन प्राप्त गर्ने ३० हजार रुपैंया बराबरको स्मार्टफोन पनि प्राप्त गरेको आयोजकले जनाएको छ ।Pic-1

लामाले महोत्सवको पहिलो दिन कम्प्लेक्समा रहेको जे.एस. मोबाइल शपबाट कलर्स एक्स ४७ मोडलको मोबाइल खरिद गरेको बताईएको छ ।

त्यसैगरी दैनिक रुपमा गरिने डोर प्राइजको लक्कि ड्रअन्तरगत तीनजनाले स्मार्टफोन प्राप्त गरेका छन् । दैनिक डोर प्राइजको लक्कि ड्रबाट स्मार्टफोन प्राप्त गर्नेमा कुपन नम्बर ३०६१, कुपन नम्बर ५६६५ र कुपन ४६३६ भाग्यशाली बिजेता भएका हुन् ।pic3

कार्यक्रममा सल्लाहकार बिष्टले अहिले हरेक व्यक्तिको लागि मोबाइल आवश्यकता भईसकेको भन्दै महोत्सव अवधिभर मोबाइल खरिदकर्ताहरुलाई अधिकतम सेवा सुविधा दिन मोबाइल व्यवसायीहरुलाई आव्हान गरे ।

सामसुंग मोबाइल महोत्सव २०१५ पावर्ड वाई हुवावे को पहिलो दिन ताम्राकार कम्प्लेक्समा विभिन्न ब्राण्डका २५ सय भन्दा बढि मोबाइल सेटहरु बिक्री भएको छ । यस आधारमा पहिलो दिन ३ करोड रुपैंया भन्दा बढिको मोबाइल तथा अन्य एसेसरिजहरु बिक्री भएको महोत्सव आयोजक कमिटीको दाबी छ । महोत्सवको शुरुवातसँगै कम्प्लेक्समा ग्राहकहरुको दैनिक चहलपहल बढिरहेको बताईएको छ । महोत्सवको पहिलो दिन सामसुंग र हुवावे ब्राण्डका मोबाइलहरुको अधिक बिक्री भएको वेष्ट टेक मोबाइल शपका गोपाल निरौलाले जानकारी दिए ।

महोत्सवको अवधिभर सामसुंग मोबाइलले ग्राहकहरुलाई जानकारी दिन र मोबाइलको अनुभव दिन एक्सपेरियन्स टेबलको व्यवस्था गरेको छ, भने हुवावे मोबाइलले पनि ग्राहकहरुलाई जानकारी दिन विशेष कार्यक्रम गरिरहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २ फाल्गुन २०७१, शनिबार