द वर्ल्ड भिजनको मल्टिब्राण्ड सोरुम सिटिसी मलमा खुल्यो

Technology Khabar ११ माघ २०७१, आईतवार

द वर्ल्ड भिजनको मल्टिब्राण्ड सोरुम सिटिसी मलमा खुल्यो

काठमाडौं ।

काठमाडौं, ११ माघ । सिटिभी मोबाइलले सुन्धारास्थित सिटिसी मलमा द वर्ल्ड भिजन प्रालिको नाममा मल्टिब्राण्ड सोरुम आईतवारदेखि संचालनमा ल्याएको छ । द वर्ल्ड भिजन प्रालिको मोबाइल आउटलेटको नायक राजेश हमाल, पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र गौतमश्री ग्रुपका अध्यक्ष राम बहादुर गौतमले संयुक्तरुपमा उद्घाटन गरे ।2

सोरुमबाट बिभिन्न कम्पनीका मोबाइल सेट बिशेष छुटमा बिक्री गरिने योजना कम्पनीको रहेको छ । नेपालमा उपलब्ध २ दर्जन बढी मोबाइल कम्पनीका उत्पादन बिक्री गर्ने तथा १६ वटा कम्पनीका मोबाइल अलग अलग टेबलबाट बिक्री गरिने ब्यबस्था मिलाइएको छ । यो मल्टिब्राण्ड सोरुम खुद्रा बजारमा संभबत सबैभन्दा अत्याधुनिक र ठूलो भएको दाबी कम्पनीले गरेको छ । औपचारिक कारोबारको दिनबाट नै मोबाइल एक्सचेन्ज, बिशेष छुटसहित मोबाइल सेटहरु बिक्री गर्ने जानकारी प्रालिका अध्यक्ष संगम राईले जानकारी दिए ।8

यो मल्टिब्राण्ड सोरुममा आइफोन, सामसुङ, कार्बन, कलर्स, पानासोनिक, बिक्यू, माइक्रोम्याक्स, हुवावे, जियोनी, अल्काटेल, एलजी, जोलो, लाभा, सोनी, माइक्रोसफ्ट, नोकिया लगायत दुइ दर्जन बढी ब्राण्डका मोबाइल तथा स्मार्टफोनहरु उपलब्ध हुनेछन् । मोबाइलका अलवा यो मल्टिब्राण्ड सोरुमबाट बिभिन्न कम्पनीका क्यामेरा, ल्यापटप, सिसिटिभी, साउण्ड सिस्टम, राउटर, आइप्याड लगायतका विद्युतिय सामग्रीहरु पनि बिक्रि गरिने राईले जानकारी दिए  । बिभिन्न ब्राण्डका एशेसरिज समेत उपलब्ध रहेको शोरुममा ग्राहक तथा आफ्ना सेबाग्राहीलाई ध्यान दिएर  सोरुमबाट केयर सुबिधा, वाइफाइ लगायत एक्सचेन्जको सुबिधा दिने बताईएको छ ।

सिटिभी मोबाइलले चाबहिलको केएल टावरमा लिंक इलोक्ट्रोनिक्स, ताम्राकार कम्प्लेक्समा टप फाइब मोबाइल, ताम्राकार कम्प्लेक्समै सिटि टप भिजन र किर्तीपुरमा सिटिभी मोबाइलको आउटलेट संचालन गरिरहेको छ ।

easy care

प्रकाशित: ११ माघ २०७१, आईतवार

ताजा समाचार

विद्यालयमा डिजिटल स्मार्ट बोर्ड जडान

  • Technology Khabar
  • १४ बैशाख २०८१, शुक्रबार