Technology Khabar २ माघ २०७१, शुक्रबार
काठमाडौं ।
काठमाडौं, २ माघ । चीनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमी (जीओमी पनि भनिने) ले विहिवार निकै चर्चामा रहेको आफ्नो फ्ल्यागसिप फ्याबलेट एमआई नोट (Mi Note) लन्च गरेको छ । कम्पनीका सीईओ ली जूनले यो नयाँ फोनले एप्पलको आइफोन ६ प्लसलाई चुनौति दिने बताए । यो फ्याबलेटको दुईवटा मोडल लन्च गरिएको छ, एउटा नोट तथा अर्को नोट प्रो रहेको छ ।
एमआई नोटको डिस्प्ले ५.७ इन्चको छ जुन पुरै एचडी हो भने यसको किनारा पनि राउण्ड रहेको छ । यो फ्याबलेटको डिस्प्लेमा गारिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ भने यो स्मार्टफोनको पछिल्लो भागमा पनि गोरिल्ला ग्लास ३ को प्रयोग गरिएको बताईएको छ । जसलाई शाओमीले ३डीको नाम दिएको छ ।
यो स्मार्टफोनमा २.५ गीगाहर्ज क्वाड कोर स्न्यापड्रागन ८०१ प्रोसेसर राखिएको छ जसले डिभाइसलाई निकै द्रूत बनाउँछ । ४ जीबी र्याम रहेको यो फोनमा १६ जीबीको आन्तरिक मेमोरी रहेको छ जसलाई बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ । यो फोनमा दुईवटा सिम प्रयोग गर्न सकिन्छ भने यो दुवै सिम फोरजी सपोर्ट गर्नेछ ।
शाओमीको एमआई नोटमा एन्ड्रोयड किटक्याट ४.४.४ भर्सन रहेको छ भने फेश डिटेक्शन, एनएफसीलगायतका फीचर रहेका छन् ।
स्मार्टफोनमा १३ मेगापिक्सलको अप्टीकल इमेज स्टेबलाइजेशनसहितको रियर क्यामरा छ । यो फोनमा ४ मेगापिक्सलको फ्रन्ट क्यामरा छ जसको पिक्चर क्वालिटी २ पिक्सल माइक्रोन रहेको छ ।
संगित सुन्न रुचाउनेहरुको लागि यो स्मार्टफोनमा हाई हाई अडियोको सुविधा दिईएको छ । यो फ्ल्यागशिप फोनमा ३,००० एमएएच क्षमताको ब्याट्री पनि राखिएको छ ।
शाओमीले एमआई नोटको बजार मूल्य ३ सय ७१ अमेरिकी डलर तोकेको छ ।
शाओमीले ल्याएको अर्को स्मार्टफोन एमआई फोर पेमा स्न्यापड्रयागन अक्टा कोर ८१० प्रोसेसर रहेको छ । यो फोनमा ४ जीबीको र्यामका साथै डिस्प्ले २ के रहेको छ । यसको बजार मूल्य भने ५ सय ३० डलर रहेको छ ।
प्रकाशित: २ माघ २०७१, शुक्रबार