आईसीटी एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति चयन

Technology Khabar १३ पुष २०७१, आईतवार

आईसीटी एसोसिएशन अफ नेपालको नयाँ कार्यसमिति चयन

काठमाडौं ।

काठमाडौं, १३ पुस । सूचना प्रविधि क्षेत्रसँग आबद्ध व्यवसायीहरुको संगठन आईसीटी एसोसिएशन अफ नेपालले नयाँ कार्यसमिति चयन गरेको छ । एसोसिएशनको हालै सम्पन्न साधारणसभाले आगमी दुई वर्षका लागि ११ सदस्सीय कार्यसमिति चयन गरेको हो ।

काठमाडौंमा आयोजित पदस्थापना कार्यक्रममा एसोसिशनको नयाँ कार्यसमितिको घोषणा गरिएको हो । साधारणसभाले अध्यक्षमा भेषराज पौड्याललाई निर्वाचित गरेको हो । पौड्याल यसअघि एसोसिएशनको प्रथम उपाध्यक्ष थिए । प्रथम उपाध्यक्षमा रोशन भण्डारी र दितीय उपाध्यक्षमा चेतनाथ उपाध्याय निर्वाचित भएका छन् । एसोसिएशनको महासचिवमा शोभन सैंजु र कोषाध्यक्षमा चेतन ओलि निर्वाचित भएको जानकारी दिइएको छ ।

नयाँ कार्यसमितिको कार्यकारी सदस्यहरुमा अमित अग्रवाल, विनोद पुडाशैनी, निश्चलमान प्रधान, प्रमोद भट्टराई, सोनम गुरुङ र सुरेश लामिछाने निर्वाचित भएको एसोसिएशनले जानकारी दिएको छ ।  नयाँ कार्यसमितिले सूचना प्रविधि विकास तथा व्यवसायिक प्रवद्र्धनका लागि विशेष जोड दिने बताएको छ ।

उक्त कार्यक्रममा नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपालको समग्र विकासका लागि आईसीटीलाई माध्यम बनाउन सुझाव दिए । आईसीटीको माध्यमबाट स्वास्थ्य, पर्यटन र शिक्षाको स्तरलाई माथि उठाउन तथा प्रवद्र्धन गर्न सकिने राजदूत रायको भनाई थियो ।

एसोसिएशनले सन् २०१५ लाई ‘आईसीटी साक्षरता वर्ष’को रुपमा मनाउने जानकारी पनि दिएको छ । सूचना प्रविधि सम्बन्धी व्यापक चेतना अभिवृद्धि गराउन तथा यसको व्यवसायिक प्रवद्र्धन गर्नका लागि साक्षरता एसोसिएसनले साक्षरता दिवस मनाउने भएको हो ।

easy care

प्रकाशित: १३ पुष २०७१, आईतवार

ताजा समाचार