सामसुंगले सबैभन्दा तिब्र गतिको वाइफाइ विकास गर्यो

Technology Khabar २८ आश्विन २०७१, मंगलवार

सामसुंगले सबैभन्दा तिब्र गतिको वाइफाइ विकास गर्यो

काठमाडौं ।

काठमाडौं, २८ असोज । दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुंगले अहिलेसम्मको सबैभन्दा तिब्र गतिको वाइफाइको विकास गरेको दाबी गरेको छ ।

सामसुंगका अनुसार अत्याधुनिक वाइफाइ प्रविधिमार्फत पहिलेको तुलनामा डाटा संचारको अधिकतम गतिलाई ५ गुणा बढाउनेछ । कम्पनीले आइतवार दिएको जानकारी अनुसार ६० गिगाहर्ज वाइफाइ टेक्नोलोजीको यो प्रविधिले १ जीबीको भिडियो फाइललाई ३ सेकेण्ड भन्दा पनि कम समयमा ट्रान्सफर वा डाउनलोड गर्न सकिनेछ । यो उच्चगतिको वाइफाइ प्रविधिबाट एचडी भिडियोहरुलाई वास्तविक समयमै ट्रान्सफर वा स्टि्रमिङ गर्न सकिने बताइएकोछ ।

अहिले बजारमा उपलब्ध रहेका वाइफाइ राउटरहरुले २ ४ गिगाहर्ज र ५ गिगाहर्जको वायरलेस च्यानल प्रयोग गर्ने गर्दछन् ।

कम्पनीले भनेकोछ की यो नयाँ प्रविधिले डाटा ट्रान्सफरको गतिलाइ बढाएर प्रयोगकर्ताको समय बचत गर्न मद्दत मिल्नेछ ।

‘सामसुंगले ६० गिगाहर्ज वाइफाइ प्रविधिको व्यवसायीकरणमा रहेको बाधा सफलतापूवर्क पार गरेको छ ।’ सामसुंगका अनुसन्धान तथा विकाश केन्द्रका प्रमुख किम चाङ योंगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

सामसुंगका अर्का अधिकारीका अनुसार कम्पनी यस्ता कयौं प्रविधिहरु विकास गर्ने कोशिश गरीरहेको छ जुन आगामी दिनमा उपयोगकर्ताहरुलाई निकै उपयोगी हुनेछ ।

यो प्रविधिले वास्तविक गति तथा सैद्धान्तिक गतिविधिको अन्तरलाई हटाउने र विद्यमान वाइफाइ प्रविधिभन्दा १० गुणा उच्च गति प्रदर्शन गर्ने दाबी सामसुंगले पठाएको इमेल विज्ञप्तिमा भनिएकोछ ।

६० गिगाहर्ज वाइफाई प्रविधिलाई अर्को वर्षदेखि व्यवसायिक रुपमा बजारमा ल्याउने लक्ष्य सामसुंगको छ । श्रव्य दृश्य सामाग्री, मेडिकल उपकरण तथा दूरसंचार उपकरणमा यो वाइफाइ प्रविधिको प्रयोग गर्ने योजना सामसुंगको छ ।

सामसुंगको बजार निकै तिब्ररुपमा अगाडी बढिरहेकोछ तर बजारमा सामसुंगलाई एप्पल तथा चीनीयाँ कम्पनीहरुले कडा प्रतिस्पर्धा दिइरहेका छन् ।

easy care

प्रकाशित: २८ आश्विन २०७१, मंगलवार