सामसङको NX Series का Mirrorless क्यामराहरु बजारमा

Technology Khabar १४ आश्विन २०७१, मंगलवार

सामसङको NX Series का Mirrorless क्यामराहरु बजारमा

काठमाडौं ।

काठमाडौँ, १४ असोज । सामसङले आफ्ना नेपाली ग्राहकहरुका लागि Mirrorless क्यामराहरुको नयाँ संस्करण – सामसङ NX Series – प्रस्तुत गरेको छ । बजारमा उपलब्ध अन्य DSLR को तुलनामा यी Mirrorless क्यामराहरु हलुका र सानो हुने र यिनमा थोरै मात्र सामानहरु हुने कम्पनीले जानकारी दिएको छ । यसका साथै यसमा अन्य Digital Camera वा Compact Camera हरुमा भन्दा फोटो खिच्दा शटरको आवाज पनि निकै कम हुन्छ । यी नयाँ NX30, NX300 र NX3000 क्यामराहरुले ग्राहकहरुलाई उत्कृष्ट मूल्यमा निकै धेरै विशेषताहरु प्रस्तुत गरेको छ ।

Samsung NX30 २०.३ मेगापिक्सेलको क्यामरा हो जसमा APS-C CMOS का साथै ३ इन्चको Super AMOLED Swivel र Touch Display र ifunction भएको १८–५५ मिलिमिटरको लेन्स रहेको छ । यसले १–२५,६०० सम्मको Auto ISO पनि छ । साथै यस क्यामराबाट तपाईँ MP4 भिडियो पनि खिच्न सक्नुहुन्छ जुन NTSC, PAL तथा HDMI 1.4a सबैमा चल्छ । मात्र ३७५ ग्राम तौल भएको यस क्यामरामा SD, SDHC, SDXC र UHS-1 मेमोरी कार्डहरु प्रयोग हुन्छन् । यस Samsung NX30 को बजार मूल्य रु १,०९,९९० रहेको छ तर सामसङको दसैँ अफर “द बिग डिल” बाट यो क्यामरा केवल रु ९०,००० मा उपलब्ध छ ।

आफ्नो संस्करणलाई अझै बढाउँदै सामसङले Samsung NX300 पनि उपलब्ध गराएको छ । Samsung NX300 २०.३ मेगापिक्सेलको क्यामरा हो र यसमा APS-C CMOS Sensor रहेको छ । यस क्यामरामा ३.३१ इन्चको (८४.० मिलिमिटर) AMOLED Tilt Display छ । यसको 8.6fps को क्षमताका माध्यमबाट ग्राहकहरुले थोरै समयमै धेरै फोटोहरु खिच्न सक्नेछन् । यस Samsung NX300 को बजार मूल्य रु ७७,९०० रहेको छ तर सामसङको दसैँ अफर “द बिग डिल” बाट यो क्यामरा केवल रु ६५,००० मा उपलब्ध छ ।

Samsung को तेस्रो प्रस्तुतीसंगै Samsung NX 3000 को आश्चर्य कायम छ । सुविधाजनकरुपमा आफ्नो फोटो खिच्नका लागि 3 inch flip-up display, Samsung NX 3000 को साथ 20 MPAPS-C CMOS sensor रहेको छ र 5fps को गतिमा फोटो खिच्न सक्छन् । “द बिग डिल” अफरमा Samsung NX 3000को बजार मूल्य रु. ५९,९९० रहेको छ, तर तपाईंले यो दशैंमा रु.५००००मा पाउन सक्नुहुनेछ ।

यसका साथै यस Samsung NX series का क्यामराहरुमा wifi पनि जडान गरिएको छ जसबाट ग्राहकहरुले फोटो Dropbox, Flickr, Facebook, Picasa, YouTube र अन्य सामाजिक संजालहरुमा सेयर गर्न सक्छन् । Samsung NX series का क्यामराहरुमा wifi NFC’ Tag and go connectivity option रहेको छ जसले प्रयोगकर्तालाई जहिले पनि समय र संसारसंग जोडि राख्छ र छिटो र प्रभावकारीरुपमा फोटो सेयर गर्न मद्दत गर्ने कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

easy care

प्रकाशित: १४ आश्विन २०७१, मंगलवार