२०१४ को अन्त्यसम्ममा तीन अर्ब इन्टरनेट प्रयोगकर्ता हुने

Technology Khabar १८ श्रावण २०७१, आईतवार

२०१४ को अन्त्यसम्ममा तीन अर्ब इन्टरनेट प्रयोगकर्ता हुने

काठमाडौं ।

एजेन्सी। सन् २०१४ को अन्त्य सम्ममा विश्वमा ३ अर्ब इन्टरनेट प्रयोगकर्ता पुग्नेछन्। जसमा दुई तिहाई विकासशील राष्ट्रका प्रयोगकर्ता हुनेछन्। यसैक्रममा मोबाईल कनेक्शन बढेर ७ अर्ब हुनेछ। यो तथ्य अन्तरराष्ट्रीय दूरसञ्चार संघ (आईटीयू) ले हालै प्रकाशित गरेको प्रतिवेदनले जनाएको छ।

आईटीयूको उक्त प्रतिवेदनका अनुसार सन्२०१४ को अन्त्य सम्ममा विश्वका ४४ प्रतिशत घरमा इन्टरनेट कनेक्शन हुनेछ।जसमा विकासशील राष्ट्रको एक तिहाई (३१ प्रतिशत) घरहरुमा इन्टरनेट कनेक्शनहुनेछ भने विकसित राष्ट्रमा ७८ प्रतिशत घरहरुमा हुने बताइएको छ।

विश्लेषणका अनुसार विकासशील राष्ट्रकापारिवारिक स्तरमा इन्टरनेटको पहुच धेरै छ। यस बर्षको अन्त्य सम्ममा मोबाइलकनेक्शन बढेर ७ अर्ब हुनेछ र एशिया-प्रशान्त क्षेत्रमा ३.६ अर्ब पुग्नेउक्त प्रतिवेशनको दावी छ।

रिपोर्टका अनुसार यो धेरै मुख्य रूपमाविकासशील देशमा आर्थिक सुधारको कारण रहेको जनाएको छ। जुन विश्व स्तरमामोबाईल कनेक्शनको ७८ प्रतिशत योगदान हुनेछ।

आईटीयूका महासचिव ह्यामाडून टूरले भनेसूचना एवंम् सञ्चार प्रविधिसँग जोडिएको नयाँ तथ्यबाट यो पुष्टि हुन्छ किसूचना र सञ्चार प्रविधि सूचना समाजको लागि मुख्य प्रेरक हुने निश्चित प्राय छ।

Sajilo Visa

प्रकाशित: १८ श्रावण २०७१, आईतवार

तपाइको प्रतिक्रिया