Technology Khabar ९ माघ २०७७, शुक्रबार
काठमाडौं ।
कृषि बिकास बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ ।
कृषि बिकास बैंकले प्रकाशन गरेकाे विज्ञापनमा बैंककाे वेवसाइटबाट अनलाईन आवेदन गर्न सकिन्छ ।
अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीकाे विकल्पमा खल्ती डिजिटल वालेट छनाैट गर्नुपर्छ । खल्ती छनाैट गरेपछि आफ्नाे युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि ताेकिएकाे शुल्क भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ।
कृषि बिकास बैंकले विभिन्न पदमा ४०० जना कर्मचारीका लागि आवेदन आह्वान गरेकाे छ ।
प्रकाशित: ९ माघ २०७७, शुक्रबार