ल्यापटप किन्दै हुनुहुन्छ ? त्यसोभए यी प्रमुख विषयमा ध्यान दिनुस् नत्र पछि पछुताउनुपर्ला

Technology Khabar २७ कार्तिक २०७७, बिहीबार

ल्यापटप किन्दै हुनुहुन्छ ? त्यसोभए यी प्रमुख विषयमा ध्यान दिनुस् नत्र पछि पछुताउनुपर्ला
सांकेतिक तस्विर

काठमाडौं ।

अहिलेको समयमा मानिसहरु घरबाटै काम गरिरहेका छन जसले गर्दा ल्यापटपको माग निरन्तर बढिरहेको छ । तर घरबाट काम गर्ने अनलाइन अध्ययन गर्ने वा अन्य कार्य गर्नको लागि कस्तो ल्यापटप ठिक हुन्छ भन्ने धेरैलाई जानकारी छैन् ।

जब हामी नयाँ ल्यापटप किन्न जान्छौं तब प्राय जरुरी कुराहरुमा ध्यान दिदैनौं, यसकारण पछि पछुताउनु पर्नेहुन्छ । आज हामीले ल्याटप खरिद गर्नु अघि के कस्ता कुराहरुमा ध्यान पुर्यौउनु पर्छ भन्ने बिषयमा चर्चा गरेका छौँ ।

आउनुहोस् जानौँ आफुलाई मनपर्ने ल्यापटप खरिद गर्नु पूर्व कुन-कुन जरुरि कुराहरुमा ख्याल राख्न पर्छ ।

सहि अपरेटिङ सिस्टम छनौट

कहिलेकाहिँ हामी नयाँ ल्यापटप खरिद गर्ने बेला सहि अपरेटिङ सिस्टमको छनौट गर्न जान्दैनौं । आजकल बजारमा प्री-इन्सटल्ड अपरेटिङ सिस्टमसहित धेरै ब्रान्डका ल्यापटप उपलब्ध छन् । यस्तोमा यदि हामीले अपरेटिङ सिस्टमसहित ल्यापटप खरिद गरेनौँ भने त्यसमा फेरी अपरेटिङ सिस्टम राख्नु पर्ने हुन्छ।

यसकारण ल्यापटप खरिद गर्नु पुर्व अपरेटिङ सिस्टम राखे नराखेको ख्याल राख्नुपर्छ। सबैभन्दा लोकप्रिय अपरेटिङ सिस्टममा माइक्रोसफ्टको विन्डोज ७, विन्डोज ८, तथा विन्डोज १० यसबाहेक आइओएस १० र ११, गूगल क्रोम ओएस, तथा उबन्टु आदि रहेका छन् । यो बारेमा जानकारी लिईसकेपछि तपाईँलाई जुन अपरेटिङ सिस्टममा काम गर्न सजिलो हुन्छ, त्यहि भएको ल्यापटपको छनौट गर्न सक्नु हुन्छ।

सहि कीबोर्ड छनौट

यदि तपाई ल्यापटपमा धेरै काम गर्नुहुन्छ भने जहिले पनि सोलिड कीबोर्ड भएको ल्यापटप लिनुहोस्, किनकी तपाईको किबोर्ड चाँडै खराब हुनसक्छ । साथै यदि तपाई बिजनेस ल्यापटप खरिद गर्ने चाहनुहुन्छ भने कीबोर्डमा जी र एचको बीचमा नब छ वा छैन् चेक गर्नुहोस् । नबको मद्दतले तपाईले सजिलै सँग आफ्नो औंला कीबोर्डमा राख्न सक्नुहुन्छ । त्यसैगरि कीबोर्डमा ब्याकलाइट भए नभएको समेत हेर्नुहोस् । राती ल्यापटप प्रयोग गर्नको लागि ब्याकलाइट कीबोर्ड उपयुक्त हुन्छ ।

सही डिस्प्ले साइजको छनौट

ल्यापटपको साइज कसैलाई ठुलो मन पर्छ कसैलाई सानो मन पर्छ। सबैले आफ्नो इच्छा अनुसारको साईजको ल्यापटप खरिद गर्ने हो। तपाईले पनि आफ्नो सुबिधाको अनुसारको साइजको ल्यापटप छनौट गर्नुहोस् । बजारमा ११ इन्च साइज भएको डिस्प्ले देखि १५ इन्चसम्म डिस्प्ले भएको ल्यापटपहरु उपलब्ध छन् । प्राय जसो १५ इन्चको स्क्रिन साइज भएको ल्यापटप प्रचलनमा आएको छ र यसबाट काम गर्न पनि सजिलो हुन्छ। धेरै भ्रमण गर्दा ल्यापटप चलाउनुहुन्छ भने सानो साइजको डिस्प्ले ठिक हुन्छ र घर वा कार्यालयमा नै बसेर काम गर्नको लागि ठूलो साइजको डिस्प्ले ठिक हुन्छ ।

सही प्रोसेसर र र्यामको छनौट

बाहिरी स्पेसिफिकेशन भन्दा बाहेक धेरै आन्तरिक फीचर्सको बारेमा पनि ल्यापटप खरीद गर्न् अघि सावधानी अपनाउनु पर्छ । यदि तपाईँले आफ्नो प्रयोग अनुरुप सहि प्रोसेसर र र्यामको बारेमा सहि जानकारी लिएर छनौट गर्न सक्नु भएन भने पछि समस्या हुन सक्छ। यसकारण ल्यापटप खरिद गर्नु पुर्व यसको प्रोसेसर र र्यामको बारेमा पनि जानकारी राख्न जरुरि हुन्छ । इंटेल आई थ्री, इंटेल आई ५ अथवा इंटेल ७ मध्ये कुनै एउटा प्रोसेसर छनौट गर्नुहोस् । यदि लेटेस्ट अपरेटिङ सिस्टमको प्रयोग गर्न चाहनु हुन्छ भने कम्तिमा ४ जीबी र्याम भएको ल्यापटपको छनौट गर्नु उचित विकल्प हुन्छ।

ब्याट्रीको जाँच

ल्यापटपलाई पावर दिनका लागि ब्याट्री ब्याकअपको जरुरत हुन्छ, यसकारण ल्यापटप खरिद गर्दा ख्याल राख्नु पर्ने कुरामा ब्याट्री पनि महत्त्वपूर्ण छ । साधारणतया ल्यापटपमा लिथियम आयन ब्याट्री प्रयोग गरिएको हुन्छ जसले लामो समयसम्म ब्याकअप दिन्छ । यसकारण लिथियम आयन ब्याट्री भएको ल्यापटप खरिद गर्नु राम्रो हुन्छ । यसका साथै ब्याट्री हेर्दा त्यसको एमएएच ख्याल राख्नु पर्छ, किनकी जति ज्यादा एमएएच हुन्छ त्यतिनै लामो समयसम्म ब्याट्री ब्याकअप हुन्छ ।

आफ्टर सेल्स सर्भिसको उपलब्धता

अधिकांश मानिसहरु महंगो मूल्य तिरेर ल्यापटप खरिद गर्दछन तर त्यसमा हुने वारेन्टी ग्यारेन्टी वा अन्य सु्बिधाहरुको बारेमा भने जानकारी लिँदैनन् । त्यसैले तपाईँले किनेको ब्राण्डको ल्यापटपमा आधिकारीक सर्भिसको सुबिधाहरु छ वा छैन भनेर जानकारी लिनुहोस् । आधिकारीक सर्भिस सेन्टर र विभिन्न पार्टसहरुको उपलब्धता भएको खण्डमा तपाईँको ल्यापटपमा अचानक समस्या आएको खण्डमा तत्काल सहिरुपमा समाधान गराउन सकिन्छ ।

easy care

प्रकाशित: २७ कार्तिक २०७७, बिहीबार

ताजा समाचार