फक्सवागनद्धारा इलेक्ट्रीक कार उत्पादनको लक्ष्य ५० प्रतिशतले वृद्धि

Technology Khabar २८ फाल्गुन २०७५, मंगलवार

फक्सवागनद्धारा इलेक्ट्रीक कार उत्पादनको लक्ष्य ५० प्रतिशतले वृद्धि

काठमाडौं ।

काठमाडौं । फक्सवागनले यसअघि लिएको लक्ष्य भन्दा ५० प्रतिशत बढि इलेक्ट्रीक कारहरु उत्पादन गर्ने भएको छ । कम्पनीले प्रोफिट मार्जिनलाई थप बढाउनका लागि यस्तो योजना ल्याएको हो ।

विश्वको सबैभन्दा ठूलो अटोमेकर कम्पनी फक्सवागन एजीले आगामी १० वर्षभित्र २ करोड २० लाख ब्याट्रीबाट संचालन हुने गाडिहरु बनाउने नयाँ योजना ल्याएको छ । यो यसअघिको १ करोड ५० लाखको लक्ष्य भन्दा निकै धेरै हो ।

गत वर्ष कम्पनीको तीन मूख्य ब्राण्डहरु फक्सवागन, पोर्चे र औडीले व्यापार युद्धका कारण लक्ष्यअनुसार बिक्री गर्न सकेका थिएनन् ।

कम्पनीका सिईओ हर्बट डाईजले उद्योगकै निकै महत्वाकांक्षि योजनालाई अगाडि बढाएका छन जसले ईलेक्ट्रीक कार निर्माणको क्षेत्रमा अग्रपंक्तिमा रहेको टेस्लालाई नै उछिन्ने योजना ल्याएको छ ।

कम्पनीको वार्षिक कार्यक्रममा बोल्दै सिईओले यो सुपरट्यांकरले गति लिँदै गरेको बताए । ‘हाम्रो उद्योग क्षेत्रमा कुनै अन्य कम्पनीले गर्न नसक्ने किसिमको फक्सवागनको ई-मोबिलिटीको उदय हुँदैछ,’ उनले भने ।

फक्सवागनले सन् २०२३ सम्ममा इलेक्ट्रीक कार तगा कनेक्टेड कारहरुमा ४९ बिलियन अमेरिकी डलर खर्च गर्दैछ ।

easy care

प्रकाशित: २८ फाल्गुन २०७५, मंगलवार

ताजा समाचार