गुगल जेमिनी नानो र मेटा लामा समर्थन गर्ने मिडियाटेकको डाइमेन्सिटी ९३०० प्लस लन्च

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

गुगल जेमिनी नानो र मेटा लामा समर्थन गर्ने मिडियाटेकको डाइमेन्सिटी ९३०० प्लस लन्च

काठमाडौं ।

मिडियाटेकले डाइमेन्सिटी ९३०० प्लस नामक चिपसेट लन्च गरेको छ। यो नयाँ चिपसेट फ्ल्यागशिप स्मार्टफोनका लागि डिजाइन गरिएको हो। डाइमेन्सिटी ९३०० को स्पेसिफिकेशनहरूमा गरिएको मोडेस्ट स्तरवृद्धिको तुलनामा, नयाँ चिप अन–डिभाइसमा सुधारिएको एआई प्रोसेसिङ र लार्ज ल्याङ्गवेज मोडल्स (एलएलएमहरू) को फराकिलो समर्थनमा केन्द्रित रहेको उल्लेख छ।

यो चिप गुगलको जेमिनी नानो र मेटाको लामा २ र ३ सहित विभिन्न एलएलएमहरूसँग उपयुक्त भएको जनाइएको छ। यो फराकिलो एलएलएम कम्प्याटिबिलिटीलाई यसको अन–डिभाइस एलओआरए (लो–र्याङ्क एप्रोक्सिमेसन) फ्युजन टेक्नोलोजीसँग मिलाउँदा जेनेरेटिभ एआई एप्लिकेसनहरूको समृद्ध इकोसिस्टमलाई बढावा दिने मिडियाटेकले दाबी गरेको छ।

डाइमेन्सिटी ९३००प्लस वास्तवमा, विशिष्टिकृत ठूला भाषा मोडल (एलएलएम)हरूको लागि उच्च–गति सञ्चालन प्राप्त गर्ने उद्योगको पहिलो चिपसेट भएको समेत दाबी गरिएको छ। साथै मिडियाटेकले मेटाको लामा २ ७बी मोडलको लागि २२ टोकन प्रति सेकेन्डको गति टाउट गर्ने उल्लेख गरिएको छ।

एआई बाहेक, डाइमेन्सिटी ९३०० प्लसले पावर ईफिसिएन्सिमा सुधारहरुको पनि प्रतिज्ञा गरेको उल्लेख छ। साथै यसले कथित रूपमा स्पेसिफिक गेमिङ परिदृश्यहरूको लागि २० प्रतिशतले उर्जा खपत घटाउने छ। यसबाहेक, चिपसेटले नेटवर्क कनेक्टिभिटीलाई अप्टिमाइज गर्नको लागि “स्टार स्पीड इन्जिन” लाई एकीकृत गर्दछ भने डुअल नेटवर्क कन्करन्सीलाई पनि समर्थन गर्ने उल्लेख गरिएको छ।

टेक्निकल स्पेसिफिकेशनहरु

फोर एनएम प्रक्रियामा निर्मित यो नयाँ डाइमेन्सिटी ९३००+ चिपसेटले अक्टा–कोर सीपीयूका साथ ३.४ गिगाहर्जमा क्लक्ड भएको एक हाई–पर्फमेन्स आर्म कोरटेक्स–एक्स४ कोर, २.८५ गिगाहर्जमा क्लक्ड भएको तीन अतिरिक्त कोरटेक्स–एक्स४ कोरहरु र २.० गिगाहर्जमा रनिङ हुने चारओटा कोरटेक्स–ए७२० कोरहरु प्याक गर्दछ।

यो नयाँ चिपसेटमा सुधारिएको एआई प्रोसेसिङका लागि मिडियाटेकको नयाँ न्यूरोपायलट टेक्नोलोजी (प्रविधि) समावेश गरिएको छ। एपीयू ७९० एआई इन्जिनले १ बिलियन देखि ३३ बिलियन सम्म फरक–फरक प्यारामिटर साइजमा एलएलएमहरु चलाउन अनुमति दिने जनाइएको छ। साथै यसमा ७ अर्ब प्यारामिटर एलएलएमहरुको लागि प्रतिस्पर्धी समाधानको दोब्बर गति भएको दावी गरिएको छ।

यसबाहेक, गेमरहरूका लागि भनेर डाइमेन्सिटी ९३००+ ले दोस्रो पुस्ताको हार्डवेयर रेट्रेसिङ इन्जिनलाई आर्म इम्मोर्टालिस–जी७२० जीपीयूसँग एकीकृत गरेको छ।

त्यसैगरी, चिपसेटमा सुधारिएको क्यामरा क्षमतामा मिडियाटेकको इमाजिक ९९० आईएसपी र इम्प्रुभ्ड भिजुअल कन्टेन्ट प्रोसेसिङङका लागि मिराभिजन ९९० पनि समावेश गरिएको छ।

कनेक्टिभिटीको सन्दर्भमा, डाइमेन्सिटी ९३००+ ले सब–६गिगाहर्ज नेटवर्कहरू र ७जीबीपीएस सम्मको डाउनलिङ्क गतिको लागि समर्थन सहितको ५जी आर१६ मोडेमको बोस्ट गर्ने थप उल्लेख छ।

उपलब्धता

भिभो एक्स१००एस स्मार्टफोन डाइमेन्सिटी ९३००+ प्रयोग गर्ने पहिलो डिभाइस हुनेछ। यसैगरी यो महिना रिलिज हुने आईक्यूओओ नियो ९ एस प्रो फोन नयाँ चिपसेटले सुसज्जित हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार

ताजा समाचार