विद्यार्थीले बनाए विद्युतीय गाडी

Technology Khabar १२ बैशाख २०८१, बुधबार

विद्यार्थीले बनाए विद्युतीय गाडी

काठमाडौं ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. १ स्थित रानीपौबा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विज्ञान शिक्षकको सहायतामा चारपाङ्ग्रे विद्युतीय गाडी निर्माण गरेका छन्।

गाडी बनाउने बाल सपनालाई पूरा गर्न उनीहरूले कबाडी सामग्री बटुलेर विद्युतीय कार निर्माण गरेका हुन्।

सौरभ बसौला र सुशील अधिकारी रानीपौवा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । अध्ययनका क्रममा विज्ञान शिक्षकले विद्युतीय गाडीका बारेमा बताइरहँदा सो गाडी निर्माण सम्भव छ भन्ने मनमा लागेपछि गाडी बनाउन लागिपरेको सौरभ बसौला बताउँछन्।

झन्डै दुई हप्ता लगाएर निर्माण गरिएको गाडीको निर्माण लागत ७० हजार रुपियाँ रहेको उनीहरूको भनाइ छ। विद्युतीय गाडी निर्माणका लागि चाहिने सामग्रीमध्ये केही सामान किनेर ल्याएको र केही स्थानीय रूपमा प्राप्त सामग्री मै प्रयोग गरेको बसौला बताउँछन्।

कक्षा ९ को अन्तिम परीक्षापछि गाड़ी बनाउने सोच्नमा पुगेको बताउँदै सुशीलले भने “त्यसपछि बनाउन सुरु गरेका हामीले गाडीका र गएका पार्टपुर्जा प्रयोग गरेर अन्ततः गाडी नै निर्माण गन्यौं।”

गाउँपालिका, घरपरिवार र विद्यालयको सहयोगबाट आफूहरूले उक्त गाडी निर्माण गरेको विद्यार्थीको भनाइ छ। दुई वटा १२ भोल्टको ब्याट्री प्रयोग गरिएको कारमा धातुका सामग्री प्रयोग गरिएका छन्।

सुनीलले भने, “अध्ययन सँगसँगै आफूहरूको क्षमतालाई बाहिर ल्याउन यो प्रयास गरेका हौं।”

निर्माण गरिएको गाडीमा नालकसहित तीन जना अट्ने क्षमता रहेको छ। सौरभका अनुसार गाडीले अहिलेकै अवस्थामा दुई क्विन्टल सामान बोक्ने क्षमता राख्दछ । जति बढी ब्याट्री भढाउन सक्यो उति बढी भार बोक्न सक्ने सौरभ बताउँछन्। उक्त कारमा थप ब्याट्री जडान गर्न सकिने उनीहरू बताउँछन्।

अहिलेकै अवस्थामा यो गाडीले पाँच किलोमिटरको यात्रा तय गर्न सक्ने विद्यार्थीको दाबी छ। आवश्यक सहयोग प्राप्त गरे विद्युतीय गाडी निर्माण गर्न सकिने विद्यार्थीको भनाइ छ।

विद्यार्थीले निर्माण गरेको गाडी प्रदर्शन कार्यक्रममा पुग्नुभएका त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको विज्ञानतर्फको आकर्षणबाट आफू प्रभावित भएको भन्दै विज्ञान प्रविधिको क्षेत्रमा विद्यार्थीको आकर्षण बढाउन पालिकाले पहल गर्ने बताए।

अध्यक्षसँग विद्यार्थी कार्यक्रमको बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीका लागि क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने उप्रेतीको भनाइ थियो।

विद्युतीय गाडी निर्माणमा भएको सबै खर्च पालिकाले बेहोर्ने बताउँदै अध्यक्ष उप्रेतीले दुई विद्यार्थीलाई व्यक्तिगत रूपमा चार/चार हजार नगदसहित सम्मान गरेका थिए।

गुणस्तरीय शिक्षाका लागि पछिल्ला वर्षमा रानीपौवा माबि अभिभावक र विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। गोरखापत्रबाट

easy care

प्रकाशित: १२ बैशाख २०८१, बुधबार

ताजा समाचार