यो वर्षभित्र एक लाख शाओमी एसयू७ कारहरू बिक्री गर्ने शाओमीका सीईओको लक्ष्य

Technology Khabar १२ बैशाख २०८१, बुधबार

यो वर्षभित्र एक लाख शाओमी एसयू७ कारहरू बिक्री गर्ने शाओमीका सीईओको लक्ष्य

काठमाडौं ।

शाओमी अटोले यस महिनाको सुरुवातसँगै आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक कार ‘एसयू७’ को डेलिभरी सुरु गरेको छ। यसका साथै कम्पनीले पहिलो ब्याचमा विश्वभर ५ हजार युनिट मात्र बिक्री गर्ने योजना बनाएको छ।

शाओमी समूहका अध्यक्ष र शाओमी ब्रान्डका महाप्रबन्धक लु वेइबिङले सन् २०२४ मा सीईओले शाओमी एसयू७ कारको १ लाख इकाइहरू भन्दा बढी बिक्रीको लक्ष्य राखेको सामाजिक संजालको पोष्टमा खुलाएका छन्।

त्यसैगरी लु वेइबिङले शाओमी एसयू७ को पछिल्लो डेलिभरी परिणामहरू खुलासा गरेका छन्। अप्रिल २० सम्ममा शाओमी एसयू७ को अर्डरहरूको संख्या ७०,००० इकाइहरू नाघेको उल्लेख छ।

मंगलबार सिईओ लेईले शाओमी इन्भेस्टर कन्फ्रेन्स (लगानीकर्ता सम्मेलन) मा अप्रिल २० सम्ममा, शाओमी एसयू७ अर्डरहरूको संख्या ७०,००० इकाइहरू नाघेको घोषणा गरेको जनाइएको छ।

शाओमी अटोले बेइजिङ र शेन्जेनबाट एसयू७ कार डेलिभरी सुरु गरेको छ। साथै निकट भविष्यमा राष्ट्रव्यापी डेलिभरी खोलिने रिपोर्ट गरिएको छ।

यस अघि लेई जूनले एसयू७ डेलिभरी केन्द्रहरूले देशभरका २९ शहरहरू समेटेको जानकारी दिएका थिए, जसले कथित रूपमा इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारी) का लागि मुख्य बजारहरू समेट्ने छ। साथै डेलिभरी केन्द्रहरूले सन् २०२४ को अन्त्यसम्म ४० शहरहरू कभर गर्ने रिपोर्टहरूले संकेत गर्ने थप उल्लेख छ।

यस बिन्दुमा, शाओमी अटोसँग बेइजिङ, सांघाई, ग्वाङ्झाउ, तियानजिन, चाङ्शा, ताइयुआन, शेन्जेन, वुहान, हाङ्झाउ, चेङ्दु, र अन्य थप गरी २९ सहरहरूमा कूल ५९ स्टोरहरू रहेका छन्।

शाओमीको ‘एसयू७’ इलेक्ट्रिक कार एसयू७, एसयू७ प्रो र एसयू७ म्याक्स गरी तीन फरक भेरियन्टहरूमा आउने छ। कारका तीन भेरियन्टको मूल्यहरू क्रमशः २१ ५,९०० चिनियाँ युआन (२९,७९७ अमेरिकी डलर), २४ ५,९०० चिनियाँ युआन (३३,९३८ अमेरिकी डलर) र २९९,९०० चिनियाँ युआन (४१,३९१ अमेरिकी डलर) रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।

easy care

प्रकाशित: १२ बैशाख २०८१, बुधबार