जिहोको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, सुरुवाती मूल्य ३ लाख ४४ हजार ९००

Technology Khabar ११ बैशाख २०८१, मंगलवार

जिहोको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, सुरुवाती मूल्य ३ लाख ४४ हजार ९००

काठमाडौं ।

चिनियाँ दुई पांग्रे ब्राण्ड सीएफ मोटोको जिहो इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल नेपालमा बिक्री सुरु भएको छ। नेपालका लागि जिहो इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले सोमबार एक कार्यक्रमका बिच जिहो ई६ प्लस र सिटी स्पोर्ट मोटरसाइकल सार्वजनिक गरेको हो।

जिहो एई६ प्लस स्कुटर दुई भेरियन्टमा उपलब्ध छ। जिहो एई६ प्लस सिंगल ब्याट्री भेरियन्ट र डबल ब्याट्री भेरियन्टमा उपलब्ध छ। । जिहो एई६ प्लस सिंगल ब्याट्री भेरियन्टको मूल्य ३ लाख ४४ हजार ९०० रुपैयाँ र डबल ब्याट्री भेरियन्टको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ तोकिएको छ। सिटी स्पोर्ट मोटरसाइकलको मूल्य ३ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको छ।

एई–६ स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर छ भने १.५ किलोवाट क्षमताको ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ।

एई–६ को अधिकतम गति ८० किलोमिटर प्रतिघण्टा छ । सिंगल ब्याट्री भेरियन्टले ९० किलोमिटर र डबल ब्याट्री भेरियन्ट स्कुटरले फुल चार्जमा १६० किलोमिटरसम्म रेञ्ज प्रदान गर्ने कम्पनीको दाबी छ।

easy care

प्रकाशित: ११ बैशाख २०८१, मंगलवार