इलेक्ट्रिक कारको आयात १३८ प्रतिशतले बढ्यो, पहिलो ५ महिनामा ९ अर्बको आयात

Technology Khabar ९ पुष २०८०, सोमबार

इलेक्ट्रिक कारको आयात १३८ प्रतिशतले बढ्यो, पहिलो ५ महिनामा ९ अर्बको आयात

काठमाडौं ।

नेपालमा इलेक्ट्रिक कारको आयात बढ्दो क्रममा देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मंसिर मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकमा इलेक्ट्रिक कारको आयात १३८.०५ प्रतिशतले बढेको छ।

चालु आवको पहिलो पाँच महिनामा ९ अर्ब १० करोड ६४ लाख ३६ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको छ।

गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा ३ अर्ब ८२ करोड ५७ लाख रुपैयाँ बराबरको इलेक्ट्रिक कार आयात भएको थियो। गत वर्षको सोही अवधिको तुलनामा चालु आवको मंसिरसम्म इलेक्ट्रिक कारको आयात ५ अर्ब २८ करोड ७ लाख ३६ हजार रुपैयाँले बढेको छ।

गत आवको मंसिर मसान्तको तुलनामा चालु आवमा इलेक्ट्रिक कार यूनिटका आधारमा १७२.१९ प्रतिशतले बढेको छ।

गत आवमा १ हजार ३५३ यूनिट यूनिट इलेक्ट्रिक कार आयात भएकोमा चालु आवमा मंसिरसम्म ३ हजार ६८६ यूनिट आयात भएको छ।
एक वर्षको अवधिमा इलेक्ट्रिक कारको आयात २ हजार ३३३ यूनिटले बढेको छ।

सरकारले चालु आवमा इलेक्ट्रिक कारको आयातबाट ४ अर्ब २ करोड ८८ लाख ७६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।

नेपालमा ठूलो संख्यामा ५१ देखि १०० किलोवाट क्षमताको इलेक्ट्रिक कार भित्रिने गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ। यस क्षमताको इलेक्ट्रिक कार ५ अर्ब ८१ करोड २३ लाख ९२ हजार रुपैयाँ बराबरको २ हजार २८ यूनिट भित्रिएको छ।

त्यसपछि ५० किलोवाट क्षमताको २ अर्ब ९५ करोड ४३ लाख ९९ हजार रुपैयाँ बराबरको १ हजार ५९५ यूनिट इलेक्ट्रिक कार भित्रिएको छ।

१०१ देखि २०० किलोवाट क्षमताको २६ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरको ५२ यूनिट इलेक्ट्रिक कार भित्रिएको छ।

२०१ देखि ३०० किलोवाट क्षमताको ७ करोड ७० लाख ३ हजार रुपैयाँ बराबरको ११ यूनिट इलेक्ट्रिक कार भित्रिएको छ।

नेपालमा ६ मुलुकबाट इलेक्ट्रिक कार आउने गरेको देखिन्छ।

नेपालमा धेरै मात्रमा चीनबाट इलेक्ट्रिक कार आउने गरेको छ। पाँच महिनाको अवधिमा चीनबाट ६ अर्ब ३० करोड ६६ लाख ६ हजार रुपैयाँ बराबरको २ हजार २९७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

भारतबाट २ अर्ब ५६ करोड ६४ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार ३३८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

दक्षिण कोरियाबाट १६ करोड ८२ लाख ७३ हजार रुपैयाँ बराबरको २८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

इन्डोनेसियाबाट २ करोड ८९ लाख ७३ हजार रुपैयाँ बराबरको १७ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

अमेरिकाबाट १ करोड ६६ लाख ६६ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

जमर्नीबाट १ करोड ९४ लाख ४३ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।

easy care

प्रकाशित: ९ पुष २०८०, सोमबार