टाटा पन्च ईभी चार भेरियन्टमा आउने, सुरुवाती मूल्य १२ लाख भारु

Technology Khabar १६ आश्विन २०८०, मंगलवार

टाटा पन्च ईभी चार भेरियन्टमा आउने, सुरुवाती मूल्य १२ लाख भारु

काठमाडौं ।

टाटा मोटर्सले आफ्नो पन्च एसयूभीको इलेक्ट्रिक भर्सन लन्च गर्ने तयारी गरिरहेको छ। टाटाको आगामी मोडल अक्टोबर वा नोभेम्बरमा डेब्यु हुने अपेक्षा गरिएको हिन्दुस्तानटाइम्सले उल्लेख गरेको छ।

टाटा पन्च भारतीय अटोमोबाइल कम्पनीको चौथो इलेक्ट्रिक कार हुनेछ। कम्पनीसँग हाल ईभीमा नेक्सन, टियागो र टिगोर छ।

पछिल्लो केही दिनमा ईभी टेस्टिङको क्रममा देखिएको छ। अहिलेका रिपोर्टहरु भेरियन्ट सूची र सम्बन्धित अपेक्षित ट्रिमहरूको सुरूवाती मूल्यका साथ आएका छन्।

रिपोर्टका अनुसार टाटा पन्च ईभी चार भेरियन्ट एडभेन्चर, अकम्प्लिश्ड, क्रेटिभ र क्रेटिभ फ्ल्यागशिप रहेको छ। जसको सुरुवाती मूल्य क्रमशः १२ लाख, १२ लाख ८५ हजार, १३ लाख ८५ हजार र १४ लाख ६० हजार भारु रहेको छ।

पन्च ईभी फिचर्स

टाटा पन्च ईभीमा १०.२ वा १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम हुनेछ। थप फिचर्सको रुपमा इलेक्ट्रिक सनरुफ, २ स्पोक स्टेरिङ ह्वील, रिडिजाइन इन्स्ट्रुमेन्ट क्लस्टर, ३६० डिग्री क्यामरा, इलेक्ट्रोनिक पार्किङ ब्रेक लगायत छन्।

पन्च ईभी पावरट्रेन

टाटा पन्च ईभीमा टाटा अर्को ईभी टियागो समान पावरट्रेन हुनेछ। टियागो ईभीमा १९.२ किलोवाट ब्याट्री प्याक र २४ किलोवाट ब्याट्री प्याकमा उपलब्ध छ। पन्च ईभीले ३०० किलोमिटर रेञ्ज प्रदान गर्ने अपेक्षा गरिएको छ।

easy care

प्रकाशित: १६ आश्विन २०८०, मंगलवार

ताजा समाचार