नाडा अटो शो सुरु, यस्ता छन् प्रदर्शनीमा राखिएका चारपाँग्रे विद्युतीय सवारीसाधन (फोटो फिचर)

Technology Khabar २६ भाद्र २०८०, मंगलवार

नाडा अटो शो सुरु, यस्ता छन् प्रदर्शनीमा राखिएका चारपाँग्रे विद्युतीय सवारीसाधन (फोटो फिचर)

काठमाडौं ।

नाडा अटो शो २०२३ आज (मंगलबार) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। कोभिड १९ महामारी र सवारी साधनको आयात माथिको प्रतिबन्ध पछि तीन वर्ष पछि सवारी साधनको महाकुम्भ सुरु भएको हो।

अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल विद्युतीय सवारी तर्फ उन्मुख हुँदै गएको बताए। पेट्रोलियम पर्दाथ माथिको आयात निर्भता कम गर्न र देशमा उत्पादित विद्युतको उपयोग गर्न पनि विद्युतीय सवारी साधनमा जान जरुरी भएको अर्थमन्त्री महतले बताए।

‘विद्युतीय साधनमा प्रोत्साहन गर्न कम कर लगाइएको छ। कर बढ्ने सम्भावना पनि छैन,’ उनले भने, विद्युतीय सवारी मार्फत नै सवारीको कर कम गरिन्छ।’

उनले लामो दुरीका सवारी साधन पनि आगामी दिनमा विद्युतमा लग्न उनले उनले आग्रह गरे। विद्युतीय सवारीका लागि आवश्यक पर्ने चार्जिङ स्टेशन निर्माण गर्ने कार्य नेपाल विद्युत प्राधिकरणले गरिरहेको छ। सरकारले पनि चार्जिङ स्टेशन विकास गर्न सहयोग गर्ने आश्वासन दिए।

नाडाका अध्यक्ष ध्रुवले विद्युतीय सवारीमा सरकारले प्रोत्साहन गरेकाले ईभीको प्रयोग बढेको बताए। ईभीमा प्रोत्साहन भइरहेको अवस्थामा यसलाई थप व्यवस्थित बनाउन आयात र उत्पादन छुट्टै नीति नियम बनाउन उनले सरकारसँग आग्रह गरे।

हरेक वर्ष ईभीको करमा परिवर्तन हुँदा व्यवसायी तथा उपभोक्ता मर्कामा परेका छन्। बढ्दो ईभीसँगै चार्जिङ स्टेशन प्रयाप्त नभएको उनको गुनासो छ।

यस पटकको नाडा अटो शोमा विद्युतीय सवारीहरुले राम्रो स्थानमा पाएका छन्। टाटा, हुन्डाई, निशान, ग्रेटवाल, बीवाईडी, नेटा, फोटन, वुलिङ, एमजी लगायत कम्पनीहरुले आफ्नो ईभी प्रदर्शनीमा राखेका छन्।

हेर्नुस् टेक्नोलोजीखबरका लागि प्रतिक राना मगरले खिचेका तस्विरहरु-

यस्ता छन् नाडामा राखिएका ईभी

easy care

प्रकाशित: २६ भाद्र २०८०, मंगलवार